मंगलबार, असार ३०, २०८३

म्यान्चेस्टर डर्बीमा युनाइटेडको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत आइतबार राति सम्पन्न म्यान्चेटर डर्बीको खेलमा युनाइटेडले जित निकालेको छ।
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

लन्डन– इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत आइतबार राति सम्पन्न म्यान्चेटर डर्बीको खेलमा युनाइटेडले जित निकालेको छ।

म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर सिटी २–० गोल अन्तरले पराजित भयो।

युनाईटेडले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो। उसका लागि मार्टिएलले गोल गरे। खेलको ३० औं मिनेटमा ब्रुनो फर्नान्डेसले दिएको पासलाई मार्टिएलले गोलमा बदलेका थिए।

दोस्रो हाफमा पनि सिटीले गोल गर्न सकेन। युनाइटेडका म्याक टोमिनेले खेलको अन्तिम मिनेटमा गोल गरेर युनाइटेडलाई २–० को जित दिलाएका थिए।

२९ औं चरणको खेलसँगै युनाइटेडले १२ जित र ९ बराबरीका साथ ४५ अंक बनाएको छ। ऊ लिग तालिकाको पाँचौ स्थानमा छ। लिगको दोस्रो स्थानमा रहेको सिटीको ५७ अंक छ। सिटी शीर्षस्थानको लिभरपुलभन्दा २५ अंकले पछि छ।

चेल्सीको सानदार जित

ईपीएलकै अर्को खेलमा चेल्सीले सानदार जित निकालेको छ। उसकै घरेलु मैदानमा एभर्टोनलाई हराउँदै जित सुनिश्चित गरेको हो।

घरेलु टोलीले पाहुना टिमलाई ४–० को गोल अन्तरले हराएको हो। जितका लागि माउन्ट, प्रेदो, विलियम र जिरोउडले गोल गरे। उनीहरूले क्रमशः १४, २१, ५१, ५४ औं मिनेटमा गोल गरेका थिए।

जितसँगै चेल्सीको खातामा ४८ अंक भएको छ। ऊ लिग तालिकाको चौथो स्थानमा हुँदा एभर्टोन ३७ अंकका साथ १२ औं स्थानमा छ।

प्रकाशित: Mar 09, 2020| 01:29 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।