मंगलबार, असार ३०, २०८३

आहा रारा गोल्डकपको अन्तिम चारमा पुग्यो मनाङ

मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा झापा ११ फुटबल क्लब माथि १–० को साँघुरो अन्तरको जीत निकाल्दै मनाङ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्न सफल भयो । प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएकामा खेलको ७६ औँ मिनेटमा अन्जन विष्टको गोलमार्फत मनाङले खेलमा अग्रता बनायो ।

मैदानको दायाँ भागबाट आएको बललाई विष्टले डिवक्स नजिकबाट दोस्रो बारमा प्रहार गरेको बलले जाली चुमेको थियो । खेलमा विष्टको एक मात्र गोलनै निर्णायक बन्यो र झापा प्रतियोगिताको क्वाटर फाइनलबाटनै बाहिरियो । सेमिफाइनलमा अब मनाङले त्रिभुवन आर्मी क्लब र सङ्कटाबीचको खेलको विजेतासँग खेल्नेछ ।

प्रकाशित: Mar 08, 2020| 23:20 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।