बिहीबार, वैशाख ३१, २०८३

दक्षिण अफ्रिकामा गोलीकाण्ड, ६ जनाको मृत्यु

दक्षिण अफ्रिकाको केप टाउनस्थित एक वस्तीमा अपरिचित व्यक्तिले गोली चलाउँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो भने आक्रमणबाट अन्य सात जना सख्त घाइते भएका बताइएको छ ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

National life

दक्षिण अफ्रिकाको केप टाउनस्थित एक वस्तीमा अपरिचित व्यक्तिले गोली चलाउँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो भने आक्रमणबाट अन्य सात जना सख्त घाइते भएका बताइएको छ ।

“खाउलित्सा नगरमा गोली चल्दा छ जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका छन्,” प्रहरी प्रवक्ता नोभेला पोटेल्वाले बताए । गोली हान्ने व्यक्ति आक्रमणपछि भागेको र उसको परिचय खुलिनसकेको उनले बताए। घाइते सबैजनालाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये एक छ वर्षकी बालिका पनि रहेकी छन् ।

घटनापछि प्रहरीले आक्रमणकारीलाई नियन्त्रणका लागि पिछा गरे पनि उ उम्कन सफल भएको बताइएको छ । घटनाको कसैले जिम्मेवारी लिएको छैन ।
रासस

प्रकाशित: Mar 08, 2020| 23:08 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।