मंगलबार, असार ३०, २०८३

विश्व प्रसिद्ध प्रशिक्षक मुश्ताक नेपाल आउने

विश्व प्रसिद्ध बलर तथा अन्तर्राष्ट्रिय प्रशिक्षक सक्लेन मुश्ताक नेपाल आउने भएका छन्।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं- विश्व प्रसिद्ध बलर तथा अन्तर्राष्ट्रिय प्रशिक्षक सक्लेन मुश्ताक नेपाल आउने भएका छन्।

ग्रेट हिमालय क्रिकेट एकेडेमीको आयोजनामा हुने ‘मास्टर क्लास विथ सक्लेन मुश्ताक’ कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन्।

कार्यक्रम अप्रिल १४ देखि २१ सम्म हात्तिवनस्थित एकेडेमीको नव निर्मित भवनमा हुने छ। आयोजकका अनुसार उनले एक हप्ताको प्रशिक्षण दिनेछन्।

एकेडेमीभित्र र बाहिरका ईच्छुक जो कोहीले पनि यस प्रशिक्षणमा भाग लिन सक्ने आयोजकल बताएको छ। उपत्यका बाहिरका खेलाडीहरुले एकेडेमीको होस्टेलमा बसेर पनि प्रशिक्षण प्राप्त गर्न सक्ने बताइएको छ।

‘नेपाली खेलाडीले नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षकसँग स्तरीय प्रशिक्षण लिन सकुन र अन्तर्राष्ट्रिय टेष्ट खेलाडीको अनुभवबाट नयाँ कुराहरु सिक्न मद्दत पुगोस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो,’आयोजकले विज्ञप्ति जारी गर्दै भनेको छ।

सक्लेन मुश्ताकलाई अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै सफल बलरका रुपमा लिने गरिन्छ। उनलाई ‘दुस्रा बलर’ को आविस्कारक पनि भन्ने गरिन्छ।

सन् १९९० को दशकमा एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १००, १५०, २०० र २५० विकेट लिने कीर्तिमान पनि उनकै नाममा रहेको छ।

उनले एकदिवसीय क्रिकेट प्रतियोगितामा दुईवटा ह्याट्रिक गरेका छन्। जसमा एक उनले विश्वकपका क्रममा लिएका थिए। सक्लेन मुश्ताकले सन् २०१९ मा विश्वकप विजेता इङ्ल्याण्डको बलिङ प्रशिक्षकका रुपमा पनि काम गरेका थिए।

त्यसअघि उनले न्युजिल्यान्ड, वेस्ट ईन्डिज, अष्ट्रेलिया, बंगलादेश र पाकिस्तानको लागि पनि बलिङ प्रशिक्षक भई काम गरिसकेका छन्। उनी पाकिस्तानी मुलका बेलायती क्रिकेटर हुन्।

प्रकाशित: Mar 08, 2020| 11:14 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।