मंगलबार, असार ३०, २०८३

महिला विश्वकप क्रिकेट : अस्ट्रेलिया पाँचौं पटक च्याम्पियन

आईसीसी महिला टी–२० विश्वकप २०२० को उपाधि अस्ट्रेलियाले जितेको छ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं- आईसीसी महिला टी–२० विश्वकप २०२० को उपाधि अस्ट्रेलियाले जितेको छ। मेलबर्न क्रिकेट रंगशालामा सम्पन्न खेलमा उसले भारतलाई ८५ रनले हराउँदै उपाधि हात पारेको हो।

टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १८४ रन बनायो। प्रतियोगिताकै दोस्रो उच्च स्कोरको लक्ष्य पाएको भारत १९.१ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर ९९ रनमा समेटियो।

भारतका लागि स्मृति मन्धनाले ११ रन, दिप्ती शर्माले ३३ र वेदा कृष्णमूर्तिले १९ रन बनाए। त्यस्तै रीचा घोसले १८ रनको योगदान दिइन्। यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अष्ट्रेलियाका तर्फबाट मेगन स्चुतले ३ विकेट लिइन् भने जेस जोनासेनले २ विकेट लिइन्। एक/एक विकेट लिनेमा सोफी मोलिलेक्स, डेलिसा किमिन्से र निकोला क्यारी रहिन्।

त्यसअघि ब्याटिङ सम्हालेको अस्ट्रेलियाका लागि ओपनर बेथ मोनी ५४ बलमा सर्वाधिक ७८ रन बनाउँदै अविजित रहिन्। उनले १० चौका प्रहार गरिन्।

त्यस्तै, अर्की ओपनर अलिसा हिलीले ७५ रनको योगदान दिइन्। उनले ३६ बलको सामना गर्दै १२ बाउन्ड्री प्रहार गरेकी थिइन्। कप्तान मेग ल्यानिङले १६ रन बनाउँदै फेवेलियन फर्किइन् भने अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

भारतका लागि दिप्ती पाण्डेले दुई विकेट लिँदा राधा यादवले एक विकेटको योगदान दिइन्। एक विकेट लिनेमा पुनम यादव पनि रहिन्।

प्रतियोगिताको उद्घाटन खेलमा पनि आयोजक अस्ट्रेलियाले भारतको समाना गरेको थियो। सो खेल भारतले १७ रनले आफ्नो पक्षमा पारेको थियो। फाइनल खेलमा साविक विजेतासमेत रहेको रहेको अस्ट्रेलियाले सो नतिजालाई उल्ट्याउँदै च्याम्पियन बनेको हो।

अस्ट्रेलियाले सन २०१०, २०१२, २०१४ मा लगातार तीन पटक विश्वकप जितेको थियो भने सन् २०१८ मा चौथोपटक विश्वकप जित्यो।
यसपटकको विश्वपकसँगै उसले पाँच पटक विश्वकप जितिसकेको छ।

प्रकाशित: Mar 08, 2020| 10:16 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।