आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • महिला विश्वकप फाइनल : अस्ट्रेलियाले दियो भारतलाई १८५ रनको लक्ष्य

महिला विश्वकप फाइनल : अस्ट्रेलियाले दियो भारतलाई १८५ रनको लक्ष्य

जारी आईसीसी महिला टी–२० विश्वकपमा उपाधिका लागि भारत र आयोजक अस्ट्रेलिया प्रतिस्पर्धा गरिरहेका छन्। मेलबर्न क्रिकेट रंगशालामा जारी खेलको पहिलो हाफमा साविक विजेता अस्ट्रेलियाले भारतसामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं– जारी आईसीसी महिला टी–२० विश्वकपमा उपाधिका लागि भारत र आयोजक अस्ट्रेलिया प्रतिस्पर्धा गरिरहेका छन्।

National life

मेलबर्न क्रिकेट रंगशालामा जारी खेलको पहिलो हाफमा साविक विजेता अस्ट्रेलियाले भारतसामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १८४ रन बनायो। यो स्कोर प्रतियोगिताकै दोस्रो उच्च स्कोर हो। यसअघि दक्षिण अफ्रिकाले थाइल्यान्डविरुद्ध १९५ रन बनाएको थियो।

साविक विजेताका लागि ओपनर बेथ मोनी ५४ बलमा सर्वाधिक ७८ रन बनाउँदै अविजित रहिन्। उनले १० चौका प्रहार गरिन्। त्यस्तै, अर्की ओपनर अलिसा हिलीले ७५ रनको योगदान दिइन्। उनले ३६ बलको सामना गर्दै १२ बाउन्ड्री प्रहार गरिन्, जसमा ५ छक्का र ७ चौका सामेल छ।

कप्तान मेग ल्यानिङले १६ रन बनाउँदै पेवेलियन फर्किइन् । अन्य खेलाडीले भने सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

Laxmi sunrise bank
kumari

भारतका लागि दिप्ती पाण्डेले दुई विकेट लिइन् भने राधा यादव र पुनम यादवको नाममा समान एक विकेट रह्यो।

भारतले प्रतियोगिताको सेमिफाइनल नखेली फाइनल प्रवेश गरेको थियो। वर्षाका कारण इंग्ल्यान्डविरुद्धको खेल रद्द भएपछि समूह चरणको जित प्रतिशतका आधारमा भारत फाइनल पुगेको थियो। भारतले समूह चरणका सबै (चार) खेल जित्दा इंग्ल्यान्डले तीन मात्रै जित निकाल्न सकेको थियो। ऊ एक खेलमा पराजित भएको थियो ।

उता अस्ट्रेलिया दक्षिण अफ्रिकालाई हराउँदै फाइनल प्रवेश गरेको थियो। उसले सेमिफाइलनमा दक्षिण अफ्रिकामाथि ५ रनको जित निकालेको थियो।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा आयोजक अस्ट्रेलिया भारतसँग १७ रनले पराजित भएको थियो।

प्रकाशित: Mar 08, 2020| 08:59 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।