आइतबार, चैत १, २०८२

कोरोना त्रास : इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो

इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न त्यहाँको सरकारले आदेश दिएको छ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

रोम– इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न त्यहाँको सरकारले आदेश दिएको छ।

National life

घातक कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासस्वरूप याे कदम चाल्न बाध्य भएको सरकारले जनाएको छ।

इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले ट्विट गर्दै भेनिस, मिलानलगायत ठूलो क्षेत्रमा कम्तीमा एक महिनाका लागि आवागमनमा कडाई गर्ने एक योजनामा हस्ताक्षर गरेको बताएका छन्। प्रधानमन्त्री कोन्टेको आदेशमा मानिसको भिडभाड हुने सिनेमा घर, संग्रहालय, थिएटर बन्द गर्न भनिएको छ।

“कोरोना भाइरसकै कारण नयाँ आदेशलाई अन्ततः अनुमोदन गरेको छु,” कोन्टेले भनेका छन्।

इटालीका संचार माध्यममा उत्तर इटालीमा आवागमन निषेध गरिएको खबर छ।

Laxmi sunrise bank
kumari

इटालीमा कोरोना भाइरसकै कारण दुई सय ३० जनाको ज्यान गइसकेको छ। चीनबाहिर यति ठूलो संख्यामा मानिसको मृत्यु भएको इटालीमै हो।

चीनमा गत डिसेम्बरमा देखा परेको यस प्रकोपले विश्वका धेरै देशलाई प्रभाव पारिरहेको छ।

विश्व बैंकका अनुसार जापान पछि इटालीमा विश्वमै बुढ्यौली उमेरका मानिसको बसोबास सर्वाधिक बढी छ। र, नयाँ कोरोना भाइरसबाट वृद्धहरू गम्भीर बिरामी हुने सम्भावना बढी देखिन्छ।

“स्थगित गर्नै नसकिने ‘गम्भीर’ कारण भएमा, अन्य जरुरी काम वा पारिवारिक मामिलाहरू भएमा बाहेक मानिसहरूलाई क्वारेन्टाइन क्षेत्रमा प्रवेश गर्न वा छाड्न अनुमति दिइने छैन,” इटालीकाे कोरियर डेला सेरा पत्रिकाले लेखेको छ ।

यसमा सम्पूर्ण लोम्बार्डी क्षेत्रका साथै भेनिस र वरपरका क्षेत्रहरू, पर्मा र रिमिनी सहरहरू सामेल छन्। यसबाट इटालीको कूल ६ करोड जनसंख्याको एक तिहाईलाई असर पार्नेछ।

यी ठाउँहरूमा सङ्ग्रहालयहरू, रात्रि क्लब, जिमखाना र क्यासिनोहरू बन्द गरिनेछन्। सकेसम्म मानिसलाई घरभित्रै बस्ने सल्लाह दिइएको बताउँदै उक्त अखबारले यी प्रतिबन्धहरू आगामी अप्रिल ३ सम्म लागू हुने जनाएको छ।

यी क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई आ–आफ्ना घर फर्कन दिइनेछ। बारहरू र रेस्टुरेन्टहरूमा ग्राहकहरु एकअर्कासँग करिब एक मिटर टाढै रहने प्रबन्ध सुनिश्चित गरेमा खुला राख्न अनुमति दिइनेछ।

इटालीमा गरिएको यो प्रबन्ध चीनको हुबेई प्रान्तको जस्तै छ। हुबेईको राजधानी वुहानमा भाइरसको प्रकोप देखिएपछि यहाँ जनवरीको अन्त्यदेखि पूरै सहरलाई अन्य क्षेत्रबाट अलग राखिएको छ।

विश्वव्यापी रूपमा कोरोना संक्रमितकाे संख्या एक लाख पाँच हजार पुगिसकेकाे छ। यस रोगबाट हालसम्म तीन हजार पाँच सय जनाको मृत्यु भइसकेकाे छ भने ९५ भन्दा बढी देशमा यसकाे संक्रमण फैलिसकेको छ।

प्रकाशित: Mar 08, 2020| 07:16 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।