बिहीबार, भदौ ४, २०८३

होलीमा दिन घमाइलो हुने

मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका अधिकांश भूभागमा मौसम सफा रहने जनाएको छ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका अधिकांश भूभागमा मौसम सफा रहने जनाएको छ। महाशाखाले आज (आइतबार) जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज र भोलि मौसम सफा रहने उल्लेख छ।

महाशाखाका अनुसार आज दिउँसो देशको पूर्वी र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

भोलि (सोमबार) दिउँसो देशको पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य भू–भागमा आशिंक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको प्रक्षेपण छ।

महाशाखाका अनुसार पहाडी भू–भागका एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ। यस्तै, भोलि राति देशको पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

होली पर्व देशका पहाडी जिल्लामा भोलि र तराईका जिल्लामा पर्सि मनाइँदैछ।

प्रकाशित: Mar 08, 2020| 02:28 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।