मंगलबार, असार ३०, २०८३

बार्सिलोना फेरि शीर्ष स्थानमा

साविक विजेता बार्सिलोना रियल सोसिडाडलाई हराउँदै लालिगाको शीर्षस्थानमा उक्लिएको छ। शनिबार राति सम्पन्न खेलमा एक गोलको अग्रतामा बार्सिलोना विजयी भएको हो।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

साविक विजेता बार्सिलोना रियल सोसिडाडलाई हराउँदै लालिगाको शीर्षस्थानमा उक्लिएको छ। शनिबार राति सम्पन्न खेलमा एक गोलको अग्रतामा बार्सिलोना विजयी भएको हो।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा पाहुना टोलीले एक गोलको हार बेहोर्यो। खेल सकिनुभन्दा ९ मिनेटअघि लियोनेल मेस्सीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए।

पाहुना टोलीका रोबिन डे नर्मान्डले गोल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो। पेनाल्टीमार्फत जित निकाल्दै बार्सिलोनाले एक खेल कम खेलेको रियल मडि«डलाई २ अंकले पछि पारेको छ।

अंक तालिकामा बार्सिलोनाको ५८ अंक हुँदा रियाम मड्रिडको ५६ अंक छ।

६ दिनअघि निकटतम प्रतिद्वन्द्वी रियल मडि«डसँग बर्नाबेउमा हार बेहोरेपछि क्याटलान क्लबले शीर्षस्थान गुमाउनु परेको थियो। एक खेल धेरै खेल्दै शनिबार रातिको खेलबाट बर्सिलोना लिगको शीर्षस्थानमा आएको हो।

प्रकाशित: Mar 08, 2020| 01:27 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।