मंगलबार, असार ३०, २०८३

लिभरपुल २२ वटा होम खेलमा अपराजित

इंग्लिस क्लब लिभरपुलले लगातार २२ वटा होम खेलमा जित निकाल्ने क्लबको रेकर्ड राखेको छ। उसले शनिबार राति बर्नमाउथलाई अनिफिल्डमा हराउँदै उक्त रेकर्ड राखेको हो।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

लन्डन । इंग्लिस क्लब लिभरपुलले लगातार २२ वटा होम खेलमा जित निकाल्ने क्लबको रेकर्ड राखेको छ। उसले शनिबार राति बर्नमाउथलाई अनिफिल्डमा हराउँदै उक्त रेकर्ड राखेको हो।

लिभरपुलको घरेलु मैदानमा उसले पाहुना टोलीलाई २–१ को गोल अन्तरले हराएको हो। उसले मोहम्मद सलाह र साडियो मानेको गोलमा जित निकालेको हो।

सुरुवातमै एक गोलले पछि परेको लिभरपुलका तर्फबाट सलाहले २५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। उनले खेललाई बराबरीमा ल्याएको ८ मिनेटमै मानेले अर्को गोल थप्दै टिमलाई अग्रता दिलाएका थिए।

खेलको नवौं मिनेटमा बर्नमाउथका कलुम विल्सनले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। उनको गोलपछि लिभरपुलले २ गोल थपेर पहिलो हाफ सकिँदै २–१ को नतिजा बनाएको थियो।

तर, दोस्रो हाफमा गोल हुन नसकेपछि लिभरपुलले खेल आफ्नो पोल्टामा पारेको थियो। लिभरपुल लिग उपाधिबाट तीन जितले मात्र टाढा रहेको छ।

जितसँगै लिग लिडर लिभरपुलले २९ खेलमा ५ अंकमात्र गुमाएर ८२ अंक बनाएको छ। उता बर्नमाउथको २७ अंक मात्र छ। उ तालिकाको पुछारबाट तेश्रो स्थानमा छ।

प्रकाशित: Mar 08, 2020| 01:23 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।