आइतबार, चैत ८, २०८२

'मदन भण्डारी स्मृति ठमेल रोड रेस' मा अजित र राजपुरा पहिलो

अजितकुमार यादव र राजपुरा पछाईं ‘दोस्रो मदन भण्डारी स्मृति ठमेल रोड रेस’ को खुलातर्फ शनिबार पहिलो भएका छन्।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

काठमाडौं- अजितकुमार यादव र राजपुरा पछाईं ‘दोस्रो मदन भण्डारी स्मृति ठमेल रोड रेस’ को खुलातर्फ शनिबार पहिलो भएका छन्।

National life

तेस्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण विजेता अजित पुरुष र राजपुरा महिलामा पहिलो भएका हुन्।

अजितले निर्धायरित ५ किलोमिटर दूरी १६ मिनेट १४.०१ सेकेन्डमा पूरा गरे। प्रकाशसिंह ऐरी (१८ मिनेट ५४.०७ सेकेन्ड) दोस्रो तथा सन्तोषनाथ योगी (१८ मिनेट १२.०९ सेकेन्ड) तेस्रो भए। राजपुराले निर्धारित ५ किलोमिटर दूरी तय गर्न १८ मिनेट २३.८९ सेकेन्ड समय खर्चिन्। सकुन्तला ठगुन्ना (२० मिनेट ५५.३८ सेकेन्ड) दोस्रो तथा अन्ना म्याकेर्डन (२३ मिनेट १५.४० सेकेन्ड) तेस्रो भए। दुवै समूहमा पहिलो हुनेले २५ हजार, दोस्रोले १२ हजार र तेस्रोले ८ हजार नगद पुरस्कार हात पारे।

स्कुलतर्फ ब्वाइजमा नारायणकुमार कुश्वा पहिलो, ईश्वर बस्नेत दोस्रो तथा अजय तामाङ तेस्रो भए। उक्त स्पर्धाको गल्र्समा स्वस्तिका बोहरा, सुनिता श्रेष्ठ र अन्जु खड्काले क्रमशः शीर्ष तीन स्थानमा दौड पूरा गरे। ब्वाइज/गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ५ हजार नगद पुरस्कार पाए।

पुरुष भेट्रानमा धर्म महर्जन पहिलो, भीमबहादुर गुरुङ दोस्रो र राजु भण्डारी तेस्रो बने। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरे। बाँकी तीन स्पर्धाको दूरी पनि ५ किलोमिटर रहेको थियो।

Laxmi sunrise bank
kumari

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव एवं प्रदेश सांसद् केशव स्थापित, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका महासचिव वचन देउजा, सचिव ओमकृष्ण प्रसाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

सो अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौडकी स्वर्ण विजेता सन्तोषी श्रेष्ठलाई नगद २५ हजारसहित सम्मान गरिएको थियो।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लब नेपालद्वारा संयुक्त आयोजित प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहेको रन क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन्।

प्रकाशित: Mar 07, 2020| 14:56 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।