बिहीबार, भदौ ४, २०८३

अत्यावश्यक वस्तुको अभाव हुँदैन : मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्न खोज्ने माथि कारवाही गर्ने चेतावनी दिएका छन्।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्न खोज्ने माथि कारवाही गर्ने चेतावनी दिएका छन्।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले अत्यावश्यक वस्तुको अभाव नहुने जानकारी दिँदै कृत्रिम अभाव सिर्जना गर्ने माथि कारवाही गर्ने बताए। उनले भने, ‘सरकारले अहिले बजार अनुगमन एकीकृतरूपमा गरिएको छ। अपुग जनशक्ति अझै थप्ने तयारी छ।’

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले कोरोनाको प्रभाव पर्न नदिन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए।

उपभोक्ता संरक्षण परिषद्का सदस्य प्रेमलाल महर्जनले कोरोनाको सङ्क्रमण बारेमा अनावश्यक डर, त्रास र भय नफैलाउन आग्रह गरे। रासस

प्रकाशित: Mar 07, 2020| 13:31 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।