बिहीबार, साउन १४, २०८३

पाकिस्तानमा भारी वर्षा, कम्तीमा १७ जनाको मृत्यु

पाकिस्तानमा परेको मुसलधारे वर्षापछि आएको बाढीका कारण विगत २४ घण्टामा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

एजेन्सी- पाकिस्तानमा परेको मुसलधारे वर्षापछि आएको बाढीका कारण विगत २४ घण्टामा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।

मृत्यु हुनेमा महिला तथा बालबालिका रहेका उद्धारमा सम्लग्न अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले लेखेका छन्।

देशको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मुसलधारे वर्षाको सबैभन्दा नराम्रो प्रभाव परेको बताइएको छ।

वर्षा र त्यसपछिको बाढी तथा डुवानका कारण खैबर पख्तुनख्वा प्रान्तका विभिन्न ग्रामिण इलाकामा मात्र १२ व्यक्तिको मृत्यु भएको उक्त प्रान्तका विपत व्यवस्थापन अधिकारी जावद खलिलले बताए। उद्धारकर्मीले कैयौँ अन्य व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरेको पनि बताइएको छ।

वर्षाका कारण कम्तीमा १० घर र एउटा विद्यालयमा क्षति पुगेको बताइएको छ भने ठूलो मात्रामा हिउँदे बाली नष्ट भएको बताइएको छ।

वर्षाका कारण अन्य दुई बालबालिकासहित कम्तीमा पाँच जनाको पूर्वी पञ्जाव राज्य र दक्षिणपश्चिमी बालोचिस्तान राज्यमा मृत्यु भएको उनले बताए।

भारी वर्षा र हिमपातका कारण पाकिस्तानका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य जनजीवन प्रभावित भएको छ।

पाकिस्तानको मौसम विज्ञान महाशाखाले गत सोमबार नै बुधबार देखि देशका अधिकांश स्थानमा वर्षा हुने भन्दै सावधानीका लागि नागरिकहरूलाई सचेत गराएको थियो। महाशाखाले शनिबारपछि मौसममा सुधार आउने बताएको छ। रासस

प्रकाशित: Mar 07, 2020| 13:26 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।