मंगलबार, असार ३०, २०८३

माइभ्याली गोल्डकपको उपाधि मछिन्द्रलाई, आयोजक पराजित

मछिन्द्र क्लबले इलामको माइभ्याली गोल्डकपको उपाधि जितेको छ।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

इलाम- मछिन्द्र क्लबले इलामको माइभ्याली गोल्डकपको उपाधि जितेको छ।

आयोजक माइभ्याली फुटबल क्लबलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै ए डिभिजन लिग विजेता मछिन्द्रले पहिलो पटक माइभ्यालीको उपाधि जितेको हो।

निर्धारित ९० मिनेटसम्म गोल नभएपछि खेल लम्बिएको थियो। थपिएको समयमा मिडफिल्डर आन्दरेस सिलवाले गोल गरेपछि मछिन्द्रले अग्रता लिएको थियो।

थप समयमा सिलवालले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो र मछिन्द्रले गोल्डकपको उपाधि जित्यो।

मछिन्द्र क्लबले माइभ्यालीमा पहिलोपटक सहभागीता जनाएको थियो। यसका साथै मछिन्द्र माइभ्याली जित्ने नयाँ टिम भएको छ।

पहिलेको शृंखलामा झापा ११, थ्रीस्टार र क्यामरुनी क्लब दा फिन्सले जितिसकेका छन्।

विजेता बन्दै मछिन्द्रले ८ लाख पुरस्कार पाएको छ भने आयोजक माइभ्याली क्लबले ५ लाख पुरस्कार पाएको छ।

प्रकाशित: Mar 07, 2020| 12:56 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।