बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनगढी उपमहानगरले विद्यालय बिदा दिने निर्णय उल्ट्यायो

धनगढी उपमहानगरले विद्यालय बिदा दिने निर्णय उल्ट्यायो

धनगढीका विद्यालयहरू अनिश्चितकालीन बन्द गराउने निर्णय उपमहानगरपालिकाले २४ घन्टा नबित्दै उल्ट्याएको छ।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

कैलाली– धनगढीका विद्यालयहरू अनिश्चितकालीन बन्द गराउने निर्णय उपमहानगरपालिकाले २४ घन्टा नबित्दै उल्ट्याएको छ।

उपमहानगरले शनिबार विज्ञप्तिमार्फत विद्यालय बन्द नगर्न र फागुन २८ देखि परीक्षा सुरु गर्न भनेकाे छ।   

यसअघि शुक्रबार (हिजो) उपमहानगरपालिकाले विद्यालयहरु बन्द गराउने निर्णय गरेकाे थियाे। उक्त निर्णयकाे आलोचना भएपछि उपमहानगरले फेरि अर्काे निर्णय गरेकाे हो।

उपमहानगरपालिकामा बसेको सरोकारवालाहरूको बैठकले संघीय सरकारको परिपत्र अनुसार फागुन २८ बाट परीक्षा सुरु गर्ने निर्णय गरेको हो।

धनगढी उपमहानगरमा १०७ निजी र ७३ सामुदायिक विद्यालय छन्।

प्रकाशित: Mar 07, 2020| 10:59 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।