बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अधिकार खोसिएको भन्दै उपमेयरद्वारा मेयरविरुद्ध उच्च अदालतमा मुद्दा दायर

अधिकार खोसिएको भन्दै उपमेयरद्वारा मेयरविरुद्ध उच्च अदालतमा मुद्दा दायर

आफ्नो अधिकार खोसिएको भन्दै मुगुको छायाँनाथ रारा नगरपालिकाकी उपमेयर सुन्तला रोकायाले उच्च अदालत सुर्खेतको जुम्ला इजालासमा मुद्दा दर्ता गराएकी छन्।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

काठमाडौं- आफ्नो अधिकार खोसिएको भन्दै मुगुको छायाँनाथ रारा नगरपालिकाकी उपमेयर सुन्तला रोकायाले उच्च अदालत सुर्खेतको जुम्ला इजालासमा मुद्दा दर्ता गराएकी छन्।

नगरपालिकाबाट आफ्नो अधिकार खोसिएको भन्दै फागुन १८ गते मुद्दा दर्ता गरेको उपमेयर रोकायाले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएकी छिन्।

योजनाको अनुगमन गर्ने अधिकार उपमेयरको भए पनि नगरप्रमुखले अधिकार खोसी वडा नम्बर १३ का वडा अध्यक्ष चक्रबहादुर साउदको संयोजकत्वमा योजना अनुगमन समिति बनाई योजनाको भुक्तानी दिने गरेकाले आफूले न्यायको लागि अदालतको ढोका ढकढक्याएको बताइन्।

‘आफू अनुगमनमा जाँदा नगरप्रमुखले कहिले इन्जिनियर र कहिले वडा अध्यक्षहरुलाई बोलाएर मलाई एक्लो पार्ने काम गरे’ नेपाल समयसँगको टेलिफोन सम्पर्कमा रोकायाले भनिन्,‘गैरकानुनी रुपमा गठन भएको अनुगमन समितिको प्रतिवेदनका आधारमा रकम भुक्तानी दिने काम भैरहेको छ।’

अदालतले फागुन २८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको उनले जानकारी दिइन्।

नगरप्रमुख हरिजंग शाहीले भने उपमेयर रोकायाले आफ्नो जिम्मेवारी बहन नगर्दा काम गर्न समस्या भएको बताए। ‘उपमेयरलाई योजनाको अनुगमन गरेर प्रतिवेदन पेश गर्न पटक–पटक पत्राचार र मौखिक निर्देशन दिँदा पनि अनुगमन नगरेपछि विकल्प खोजिएको हो’ शाहीले भने, ‘उपमेयरको कारणले जनताले सास्ती पाउन थालेपछि अनुगमन समितिका बाँकी सदस्यहरुको प्रतिवेदनका आधारमा रकम भुक्तानी दिने निर्णय भएको हो।’

पछिल्लो एक वर्षको अवधिमा १७ पटक बसेको नगरपालिकाको बोर्ड बैठकमा उपमेयर रोकाया जम्मा २ वटा बैठकमा मात्र उपस्थित भएको शाहीले बताए। रोकायाले जिम्मेवारी बहन नगरेकै कारणले काम सम्पन्न भएर पनि २ आर्थिक वर्षसम्मका अधिकांश योजनामा रकम भुक्तानी दिन नसकेको शाहीले बताए।

उपप्रमुखले अधिकार प्रयोग गर्न नसक्दा सयौ योजनाहरुको भुक्तानी लामो समयसम्म रोकिएको र गत पुस २८ गते बसेको कार्यपालिका बैठकले उपप्रमुखबाहेक अन्य ४ जना सदस्यहरुले अनुगमन गरि प्रतिवेदन दिएको योजनाहरुको भुक्तानी दिने निर्णय गरेको शाहीले जानकारी दिए।

रोकायाले दिएको मुद्दामा अदालतले सोही दिन नै अनुगमन सम्बन्धि कुनै पनि काम नगर्न नगराउन नगरपालिकाका नाममा अन्तरिम आदेश दिएको थियो।

कुल १४ वटा वडा रहेको छायानाथ नगरपालिकामा मेयरसहित ७ वटा वडा नेपाली काँग्रेस र उपमेयरसहित ७ जना वडा अध्यक्ष नेकपाले जितेको छ।

प्रकाशित: Mar 07, 2020| 10:56 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।