बिहीबार, भदौ ४, २०८३

अब मोबाइल एपबाट नाप नक्सासम्बन्धी काम

 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

कास्की- नापी कार्यालय कास्कीले मोबाइल एप्लिकेशन (SOKP) लञ्च गरेको छ।

कार्यालयले तयार गरेको मोबाइल एपको बारेमा तयार गरिएको भिडियो क्लिक गरेर शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सार्वजनिक गरेकी हुन्।

नापी विभागले आयोजना गरेको नाप नक्सा सम्बन्धी दुई दिने सिप विकास सम्बन्धी गोष्ठीको समापन गर्दै मन्त्री अर्यालले कास्कीले शुरु गरेको सेवा देशभर लागू गरिने बताईन्। मालपोतमा सेवा शुरु भइसकेको भन्दै उनले अब देशभर लागू गरिने बताईन्।

सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई जोड दिँदै जग्गा प्रशासनको सुधार गर्नका निम्ति अभियान थालेको भन्दै मन्त्री अर्यालले प्रविधिले छिटोछरितो सेवा लिन, सुशासनका निम्ति महत्वपुर्ण भूमिका खेलेको बताईन्। सेवामा प्रविधिको प्रयोगको रिजल्ट विस्तारै आउदै गरेको भन्दै उनले छोटो समयमा काम सम्पन्न गरेर घर फर्कन सेवाग्राहीलाई सजिलो भएको बताईन्।

कास्कीले तयार गरेको मोबाइल एप विस्तार गरेर देशैभर पुर्याइने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए। प्रविधिको उच्चतम प्रयोग गर्दै अगाडि बढेको भन्दै महानिर्देशक जोशीले कार्यालयको छबी पनि सुधार गर्ने कार्यमा लागेको बताए।

नापी कार्यालय कास्कीका कार्यालय प्रमुख (प्रमुख नापी अधिकृत खिमलाल गौतमले नेपालको भूमि प्रशासनमा शुद्धता ल्याउनका निम्ति नापी कार्यालय कास्कीद्वारा ‘नापी पोखरा SOKP’ मोबाईल एप तयार गरिएको जानकारी दिए।

नापी कार्यालय कास्कीबाट दिइने दैनिक सेवाहरु टोकन लिन, फर्म भर्न, कित्ताकाट, हालसाविक भिडाउन, नक्सा प्रिन्ट, नक्शा ट्रेश उतार, प्लट रजिष्टर उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरण एपपमार्फत लिन सकिनेछ।

एपपमा कार्यालयबाट सेवा लिनका लागि आवश्यक विभिन्न निवेदनका ढाँचाहरु उपलब्ध छ। कुन सेवा कसरी लिन सकिन्छ त्यसको जानकारी, कार्यालयका सूचना, जानकारी, गुनासो तथा उजुरी गर्ने व्यवस्था समेत एपमा राखिएको छ।

नेपालको जग्गाप्रसासनको क्षेत्रमा यसप्रकारको मोबाईल एप, पहिलो पटक कास्कीबाट सुरु गरिएको हो।

मालपोत, नापी जस्ता दैनिक सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा विचौलियाको सहयोग विनानै सेवा प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिन पहिलो पटक यसप्रकारको अन्तक्र्रियात्मक एप्लिकेशनको सुरुवात गरिएको कार्यालय प्रमुख गौतमले जानकारी दिए।

प्रकाशित: Mar 07, 2020| 10:12 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।