बुधबार, भदौ ३१, २०८३

नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता

थाइल्यान्डमा एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा सहभागी भएकाे नेपाली राष्ट्रिय टोली शनिबार स्वदेश फर्किएको छ।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

काठमाडौं– थाइल्यान्डमा एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा सहभागी भएकाे नेपाली राष्ट्रिय टोली शनिबार स्वदेश फर्किएको छ। नेपाली राष्ट्रिय टोली प्रतियोगिता सकेर नेपाल फर्किएको हो।

फेब्रुअरी २९ मा सुरु भएको उक्त प्रतियोगिता मार्च ६ (शुक्रबार)मा सम्पन्न भएको हो।

जसमा नेपाल ३ अंकसहित चौथो भयो। नेपालले प्रतियोगिताका चार खेलमध्ये एकमा जित हासिल गर्दा दुईमा पराजय भोग्यो। एक खेल भने वर्षाका कारण अवरुद्ध भयो।

नेपालले आफ्नाे पहिलो खेल मलेसियाविरुद्ध खेलेको थियो। उक्त खेलमा नेपाल २२ रनले पराजित भएको थियो। यस्तै, हङकङविरुद्धको दोस्रो खेलमा पनि नेपालले पराजयको सामना गर्नुपर्‍यो। उक्त खेलमा नेपाल ४३ रनले पराजित भएको थियो।

प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा भने नेपालले थाइल्यान्डमाथि ९ विकेटको सानदार जित दर्ता गरेकाे थियाे। यस्तै, सिंगापुरविरुद्धको अन्तिम खेल भने वर्षाले रद्द भएको थियो।

प्रतियोगितामा सिंगापुर ७ अंकसहित शीर्ष स्थानमा रहँदा हङकङ ६ अंकसहित दोस्रो र मलेसिया ४ अंकसहित तेस्रो भए। थाइल्यान्ड अंकविहीन हुँदै पुछारमा रह्यो।

शीर्ष दुईका सिंगापुर र हङकङ एसिया कप छनोटका लागि छानिएका छन्।

प्रकाशित: Mar 07, 2020| 10:01 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।