बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेल्फी खिच्ने क्रममा नदीले बगाएर एमबीबीएस अध्ययनरत युवक वेपत्ता

सेल्फी खिच्ने क्रममा नदीले बगाएर एमबीबीएस अध्ययनरत युवक वेपत्ता

सेल्फी खिच्ने क्रममा धनकुटास्थित तमोर नदीले बगाएर एक जना एमबीबीएस अध्ययनरत युवक वेपत्ता भएका छन्।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

धनकुटा- सेल्फी खिच्ने क्रममा धनकुटास्थित तमोर नदीले बगाएर एक जना एमबीबीएस अध्ययनरत युवक वेपत्ता भएका छन्।

धनकुटा नगरपालिका–९ मुलघाटमा तमोर नदी किनारमा सेल्फी खिच्ने क्रममा शनिबार दिउसो नदीले बगाएर भारतीय नागरिक विनित कुमार वेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुर्दशन प्रसाद कोइरालाले साथीहरुसँग घुम्न गएको बेला नदी छेउमा पानीमा खुट्टा डुवाएर सेल्फी खिच्ने क्रममा उनी वेपक्ता भएको जानकारी दिए।

विनित भारतको बिहार राज्यको पूर्णिया घर भई विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा एमबीबीएस पाँचौ वर्षमा अध्ययनरत रहेको खुलेको कोइरालाले जानकारी दिए। उनको उमेर खुलेको छैन।

नदीले बगाएर बेपत्ता भएका कुमारको स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरीरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 07, 2020| 09:58 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।