शनिबार, कात्तिक २९, २०८२

बक्स अफिसमा ‘बागी ३’को कीर्तिमान

टाइगर श्राप र श्रद्धा कपुर अभिनित एक्सन फिल्म ‘बागी ३’ले बक्स अफिसमा कीर्तिमान कायम गरेको छ।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

नयाँ दिल्ली– टाइगर श्राप र श्रद्धा कपुर अभिनित एक्सन फिल्म ‘बागी ३’ले बक्स अफिसमा कीर्तिमान कायम गरेको छ।

National life

‘बागी ३’ चालू वर्ष (सन् २०२०)मा अहिलेसम्म सर्वाधिक ओपनिङ गर्ने फिल्मको सूचीमा शीर्ष स्थानमा छ। गत शुक्रबार रिलिज भएको उक्त फिल्मले पहिलो दिन १७.५० करोड भारू कलेक्सन गरेको छ।

याे सूचीमा दोस्रो स्थानमा ‘तानाजी : द अनसंग वारियर’ छ। अजय देवगन अभिनित उक्त फिल्मले १५.१० भारू ओपनिङ कलेक्सन गरेको थियो। जनवरी १० मा रिलिज भएको उक्त फिल्मले आठ हप्तामा २७९.०६ भारू कलेक्सन गरिसकेको छ।

यस्तै, तेस्रो स्थानको ‘लभ आजकल’ले १२.४०, चौथो स्थानको ‘स्ट्रिट डान्सर थ्रीडी’ले १०.२६ र पाँचौं स्थानको ‘शुभ मंगल ज्यादा सावधान’ले ९.५५ करोड भारू कारोवार गरेका थिए।

प्रकाशित: Mar 07, 2020| 09:34 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्