बिहीबार, भदौ ४, २०८३

मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु

मकवानपुरको भीमफेदीमा आज (शनिबार) बिहान चट्याङ लागेर एकको ज्यान गएको छ।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

मकवानपुर– जिल्लाकाे भीमफेदीमा आज (शनिबार) बिहान चट्याङ लागेर एकको ज्यान गएको छ।

भीमफेदी गाउँपालिकाको च्याउखोलामा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको ज्यान गएको हो। चट्याङ लागेर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चट्याङ लागेर विजयकी २२ वर्षीया पत्नी सविना स्याङ्तान घाइते छिन्। उनको उपचार भइरहेको छ।

जिल्लाको पहाडी क्षेत्रमा अत्यधिक मात्रामा चट्याङ पर्ने गरेको छ। चट्याङका कारण मकवानपुरमा एक वर्षमा ५०/६० जनाको ज्यान जाने गरेको तथ्यांक छ।

प्रकाशित: Mar 07, 2020| 07:21 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।