मंगलबार, असार ३०, २०८३

सन्तोषी र गोपीलाई रोड रेसको उपाधि

वीर गणेशमान सिंह एडिडास टेन के रोड रेस प्रतियोगिताकाे उपाधि गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले जितेका छन्।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

काठमाडौं– वीर गणेशमान सिंह एडिडास टेन के रोड रेस प्रतियोगिताकाे उपाधि गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले जितेका छन्। काठमाडौंको दरबारमार्गमा शनिबार सम्पन्न प्रतियोगिताको पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले उपाधि जिते।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी गोपीले ३२ मिनेट १.२ सेकेन्डमा निर्धारित दूरी पार गरे। उनले सागमा १५ सय मिटर दौडमा स्वर्ण जितेका थिए।

रेसमा सशस्त्र प्रहरीको विभागीय टोली एपीएफका खिमबहादुर खत्रीले ३४ मिनेट ३५ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए। तेस्रो हुनेमा कर्णालीका नरेश बूढा रहे। उनले ३४ मिनेट ३५.१ सेकेन्डमा दौड पूरा गरे। श्रीकेश राई र अभिशेक पाचोक्ती क्रमशः चौथो र पाँचौं भए।

महिलातर्फ १३ औं सागमा स्वर्ण जितेकी सन्तोषीले निर्धारित दुरी ३९ मिनेट १०.९ सेकेन्डमा पार गरिन्। प्रतियोगितामा बिन्द्रा श्रेष्ठ दोस्रो भइन्। उनले ४० मिनेट ११.२९ सेकेन्डमा दुरी पार गरिन्। एपीएफकी फूलमती राना तेस्रो भइन्। उनले ५८.११ सेकेन्डमा दूरी पार गरेकी थिइन्। प्रतियोगितामा बिर्सना कुमाल चौंथो र रेखा बिष्ट पाँचौं भइन्।

प्रतियोगिताका उपाधि विजेताले ६० हजार रूपैयाँ पुरस्कार पाए। यस्तै, दोस्रोले ३०, तेस्रोले १५, चौथोले १० र पाँचौंले पाँच हजार रूपैयाँ पुरस्कार थापे।

प्रकाशित: Mar 07, 2020| 06:30 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।