आइतबार, चैत १, २०८२

अफगानीस्तानमा आइएसले गरेको आक्रमणमा ३२ जनाको मृत्यु

अफगानीस्तानको राजधानी काबुलमा भएको हमलामा ३२ जनाको मृत्यु भएको छ।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

अफगानीस्तान - अफगानीस्तानको राजधानी काबुलमा भएको हमलामा ३२ जनाको मृत्यु भएको छ। मारिनेमा शिया सम्प्रदायका मानिस रहेका छन्। शुक्रबार साँझ बन्दुकधारीहरुले गरेको हमलामा अन्य कैयौं घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। हमलामा अफगानीस्तानका मुख्य कार्यकारी अधिकारी अब्दुल्ला अब्दुल्ला पनि परेका थिए। तर उनी बाँच्न सफल भए।

National life

प्रहरीको जवाफी कारबाहीमा दुई बन्दुकधारीको पनि मृत्यु भएको अफगानीस्तानका अधिकारीले दाबी गरेका छन्। हमलाको जिम्मेवारी आतंकवादी संगठन आइएसले लिएको छ। आइएसले त्यहाँ रहेका अल्पसंख्यक शिया समुदायका मानिसलाई लक्षित गरी हमला गर्दै आएको छ।

शुक्रबार पनि शिया हाजरा नेता अब्दुल अली मजारीको पूण्यतिथिमा आयोजित कार्यक्रममा आइएसले अन्दाधुन्द गोली प्रहार गरेका हुन्।

 

प्रकाशित: Mar 07, 2020| 03:45 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।