इटाली - इटालीमा कोरोना (कोभिड-१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या १९७ पुगेको छ। गएको २४ घण्टामा मात्रै इटालीमा संक्रमणको कारण ४९ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १९७ पुगेको हो।
इटालीमा ४ हजार ६ सय जनामा संक्रमण फेला परेको छ। चीनपछि कोरोनाका कारण सबैभन्दा बढी मानिसको मृत्यु हुने देशमा इटाली रहेको छ। मृत्यु हुनेमा ७२ प्रतिशत पुरुष रहेका छन्। यस्तै कारोनाका कारण हुने मृत्युदर ४ दशमलव २५ प्रतिशत रहेको सरकारी अधिकारीले जनाएका छन्।
यसैबीच कोरोनाका कारण विश्वभर मृत्यु हुनेको पछिल्लो संख्या ३ हजार ३ सय ८० पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ। यस्तै ९८ हजार २३ जनामा यसको संक्रमण देखा परेको छ। यसरी नै विश्वभर संक्रमण फैलँदै गए केही दिनमै यो संख्या एक लाख नाघ्ने डब्लुएचओले बताएको छ। उसले विश्वका सबै मुलुकलाई कोरोनाप्रति गम्भीर बन्न पनि आग्रह गरेको छ।
कोरोनाको संक्रमण चीनको वुहानबाट फैलिएको हो। यसको पहिलो 'केश' ३१ डिसेम्बरमा भेटिएको हो।