मंगलबार, असार ३०, २०८३

राष्ट्रिय टोलीको ट्रेनिङ र महिला लिग स्थगित

चैतमा हुने विश्वकप क्वालिफायर र एसिया कप क्वालिफयरका खेल स्थगित भएपछि नेपाली राष्ट्रिय टोलीको ट्रेनिङ पनि स्थगित भएको छ। फिफाले सूचना जारी गर्दै खेल रोक्न निर्देशन दिएकाले नेपाली टोलीको ट्रेनिङ पनि रोकिएको हो।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं – चैतमा हुने विश्वकप क्वालिफायर र एसिया कप क्वालिफयरका खेल स्थगित भएपछि नेपाली राष्ट्रिय टोलीको ट्रेनिङ पनि स्थगित भएको छ। फिफाले सूचना जारी गर्दै खेल रोक्न निर्देशन दिएकाले नेपाली टोलीको ट्रेनिङ पनि रोकिएको हो।

लिग सकिएलगत्तै राष्ट्रिय टोलीका प्रशिक्षक योहान कालिनले ३१ जना खेलाडीको लिस्ट सार्वजनिक गर्दै ट्रेनिङका लागि बोलाएका थिए। त्यसअनुरुप नेपाली खेलाडी फागुन १८ गतेबाट एन्फाको मैदानमा ट्रेनिङ गरिरहेका थिए।

तर, कोरोनाको कारण ठूलो जमघट गर्न प्रतिबन्ध लाग्दै गएपछि विश्व फुटबलको सर्वोच्च निकाय(फिफा)ले विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोटका कुनै खेल नगराउन निर्देशन दिएको छ। उसको यो निर्णयबाट आगामी चैतमा नेपालमा सञ्चालन हुने खेल प्रभावित बनेको हो।

खेलमा उपस्थित हुन नसक्ने भन्दै अष्ट्रेलियाले एसियाली फुटबल महासंघ(एएफसी)लाई जानकारी गराइसकेको थियो। खेल स्थगनबारे एएफसीले फिफासँग सहकार्य गर्ने बताएको थियो। बिहीबार फिफाको मुख्यालयमा बसेको बैठकले खेल रद्द गर्ने निणर्य गर्यो।

फिफाको निर्णयबाट चाइनित ताइपेइसँगको खेल पनि स्थगीत भएको छ।

फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोटका रुपमा दशरथ रंगशालामा खेल हुने भएको थियो। नेपालले यी दुवै प्रतियोगिताको संयुक्त छनोट रुपमा अष्ट्रेलिया(चैत १८) र चाइनिज ताइपे(चैत १३)सँग खेल्ने तालिका थियो।

फिफाले विश्व स्वास्थ्य संगठनसँग सल्लाह गरेर कोरोनाको अवस्थाको बारेमा छलफल गरेर मात्र अगाडिका खेलहरु सञ्चालन गर्ने बताएको छ।

जारी क्वालिफायरमा नेपाल समूह ‘बी’ मा छ। नेपाल एक खेलमा मात्र जित निकालेर चौथो स्थानमा रहँदा अष्ट्रेलिया, कुवेत र जोर्डन क्रमशः पहिलो दोस्रो र तेस्रो स्थानमा छ। उनीहरुको क्रमशः १२ र समान १० अंक रहेको छ। चाइनीज ताइपे समूहको पुछारमा छ।

यसैबीच ३ चैतबाट गर्ने भनिएको महिला कप पनि अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगीत गरिएको छ।

प्रकाशित: Mar 06, 2020| 12:07 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।