मंगलबार, असोज २७, २०८३

कांग्रेसमा गच्छदार निकटका ११ केन्द्रीय सदस्य थप

नेपाली कांग्रेससँग पार्टी एकता गरेको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम तर्फका ११ जनालाई केन्द्रीय कार्य समितिमा मनोनित गरिएको छ।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं- नेपाली कांग्रेससँग पार्टी एकता गरेको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमतर्फका ११ जनालाई केन्द्रीय कार्य समितिमा मनोनित गरिएको छ।

पार्टीको सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमतिअनुसार तत्कालीन फोरमका तर्फबाट सभापति शेरबहादुर देउवाले ११ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।

शुक्रबार देउवाले मनोनित गरेका सदस्यहरुमा रामजनम चौधरी (कैलाली), मो. नसिर सिद्धिकी (सिराहा), भारतेन्दुकुमार मल्लीक (झापा), हेमराज तातेड (सप्तरी), श्री गोपाल दहित (बर्दिया), मंगलप्रसाद थारु (बर्दिया), योगेन्द्र चौधरी (दाङ्ग), हरिप्रसाद न्यौपाने (मोरङ्ग), सुमित्रा थरुनी (सुनसरी), कल्पना चौधरी (सुनसरी) र पवनकुमार सारडा (मोरङ्ग) रहेका छन्।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरम लगायत अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठित समायोजन समितिको बैठकको निर्णयबाट यस सम्बन्धमा सिफारिस गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: Mar 06, 2020| 11:53 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।