शनिबार, कात्तिक २९, २०८२

कोरोनाको त्रास चलचित्रमा पनि : छायांकन रोकियो

नेपाल चलचित्र निर्माता संघले तत्कालका लागि कुनै पनि चलचित्र छायँकन नगर्न आग्रह गरेको छ।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं- नेपाल चलचित्र निर्माता संघले तत्कालका लागि कुनै पनि चलचित्र छायँकन नगर्न आग्रह गरेको छ।

National life

संघले विज्ञप्ति जारी गर्दै कोरोनाको संक्रमणको समयमा छायांकनको तयारीमा रहेका चलचित्रहरुलाई रोक्न आग्रह गरेको हो। संघले अर्को सूचना प्रकाशित नभएसम्म कुनै पनि चलचित्रहरु छायांकन नगर्न आग्रह गरेको हो।

नेपाल सरकारले कोरोना संक्रमणको समयमा कुनै पनि जमघट, मेला, महोत्सव जस्ता कार्यक्रममा सरिक नहुन र स्थगन गर्न अनुरोध गरेपछि संघले पनि चलचित्र छायांकनको कार्यक्रम स्थगन गरको हो।

संघको विज्ञप्तीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रा पर्वजस्ता कार्यक्रममा सरिक नहुन र स्थगन गर्न सरकारले अनुरोध उल्लेख गरिएको छ ।

अगाडि भनिएको छ, ‘हामी चलचित्रकर्मीहरु देश र जनताप्रति उत्तरदायी, समाजको संवाहकको रुपमा विम्बित हुने हुँदा यसको सम्भावित असरलाई दृष्टिगत गर्दै यसबाट हुनसक्ने जोखिम न्यूनिकरणका लागि आफ्नो तह र तप्काबाट आममानिसमा सचेतना जागृत गराउनका साथै छायांकन भइरहेको चलचित्रहरुको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आ–आफ्ना चलचित्रहरुको छायांकन कार्य स्थगन गर्नुहुन सबैमा अनुरोध गर्दछौं ।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 06, 2020| 11:29 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्