मंगलबार, असार ३०, २०८३

सिंगापुर र हङकङले एसिया कप छनोट खेल्ने

मलेसियालाई हराउँदै हङकङले आउँदो अगष्टमा मलेसियामा हुने एसिया कप छनोटमा स्थान सुरक्षित गरेको छ। इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा मलेसियालाई हराउँदै हङकङ प्रतियोगिताको शीर्ष दुईमा परेको हो।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं - मलेसियालाई हराउँदै हङकङले आउँदो अगष्टमा मलेसियामा हुने एसिया कप छनोटमा स्थान सुरक्षित गरेको छ। इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा मलेसियालाई हराउँदै हङकङ प्रतियोगिताको शीर्ष दुईमा परेको हो।

शीर्ष दुईमा परेका टोलीले आगामी अगस्टमा मलेसियामा हुने एसिया कप क्वालिफायर खेल खेल्ने पाउने छन्। सो क्वालिफायरको विजेताले सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउने छ।

इस्टर्न रिजनका दुई र वेस्टर्न रिजनका दुई राष्ट्रले एसिया कप छनोट खेल्न पाउने छन्।

पाँच टोली सहभागी भएको इस्टर्न रिजनमा तीन खेलमा जित र एक खेलमा अंक बाँड्दै सिंगापुर यसअघि नै एसिया कप छनोटमा पुगिसकेको थियो।

समान तीन खेलबाट समान ४/४ अंक जोडेका मलेसिया र हङकङको बीचको खेल निर्णायक थियो। विजेता टोलीले एसिया कप छनोटमा स्थान बनाउने पक्का थियो। यस्तोमा हङकङले बाजी मार्‍यो।

आजको अन्तिम खेलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १३२ रन बनाएको थियो। १३३ रनको लक्ष्य पाएको हङकङले १८.५ ओभरमा ४ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्‍यो।

विजेता बन्ने लक्ष्य राखेको नेपालले भने प्रतियोगितामा तीन अंक जोड्दै चौथो स्थानमा चित्त बुझायो।

प्रकाशित: Mar 06, 2020| 10:51 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।