बिहीबार, भदौ ४, २०८३

कोरोना त्रासले वार्षिक परीक्षाहरु नै स्थगित

कोरोना भाइरसको संक्रमण फैलिने त्रासले धनगढी उपमहानगरपालिले सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगित गरेको छ।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

धनगढी- कोरोना भाइरसको संक्रमण फैलिने त्रासले धनगढी उप महानगरपालिले सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगित गरेको छ।

उप महागरपालिकाका शिक्षा सरोकारवालासहित शुक्रबार बसेको बैठकको निर्णयअनुसार धनगढी उप महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु लगायत सम्पूर्ण शिक्षण संस्थाहरुमा सञ्चालन हुने आधारभूत तह अन्तमि परीक्षा तथा विद्यालयहरुको आन्तरिक वार्षिक परीक्षा र विद्यालयको सम्पूर्ण पठनपाठन क्रियाकलापहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।

मेयर नृप वडद्वारा जारी सूचनाअनुसार फागुन २५ गतेदेखि लागू गर्न सबै विद्यालय तथा अन्य शैक्षिक संस्थाहरुलाई आग्रह गरिएको छ।

साथै उप महानगरले सभा सम्मेलन, वार्षिक उत्सव तथा भिडभाड हुने क्रियाकलाप सञ्चालन नगर्न र नगराउन पनि आग्रह गरेको छ।

प्रकाशित: Mar 06, 2020| 10:44 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।