बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • व्यवसायी भन्छन्- ६ महिनालाई पुग्ने औषधि छ, आत्तिनुपर्दैन

व्यवसायी भन्छन्- ६ महिनालाई पुग्ने औषधि छ, आत्तिनुपर्दैन

कोरोनाभाइरस (कोभिड–१९) को त्रासका कारण नागरिकहरु हरेक किसिमका आधारभूत वस्तुहरुको जोहोमा लागिरहेका छन्।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं- कोरोनाभाइरस (कोभिड–१९) को त्रासका कारण नागरिकहरु हरेक किसिमका आधारभूत वस्तुहरुको जोहोमा लागिरहेका छन्। यस्तोमा खाद्यान्नदेखि औषधिजन्य वस्तुहरु छन्।

बजारमा भने यी वस्तुक कृत्रिम अभाव देखाउन सुरु भइसकेको छ। कतिपय औषधि पसलमा औषधिको अभाव र किराना पसलहरुमा किराना सामाग्रीको अभाव देखाउन सुरु भइसकेको छ।

कालाबजारी गर्ने मनसायले यस्तो गर्न थालिएपछि वाणिज्य विभागले छापा मार्न समेत सुरु गरिसकेको छ।

अहिले सबैभन्दा बढी खोजी भइरहेको मास्क तथा स्यानेटाइजरलगायतका सामग्रीको चरम अभाव भइसकेको छ।

यसमाथि भारतले हालै २६ प्रकारका औषधि निर्यातमा प्रतिवन्ध लगाएपछि औषधिको अभाव हुने हो कि भन्ने चिन्ता आमरुपमा देखिएको थियो।

यस्तैमा नेपाल नेपाल औषधि उत्पादक संघले भने ६ महिनासम्म औषधिको अभाव नहुने बताएको छ। संघले कृत्रिम अभाव देखाउन खोजिए पनि यसमा नआत्तिन आम नागरिकलाई आग्रह गरेको छ।

उसले आधारभूत औषधिहरु ६ महिनाका लागि पुग्नेगरी तयारी अवस्थामा रहेको बताएको छ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष दीपक प्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको बताएका छन्।

पत्रकार सम्मेलनमा उनले भने, ‘कच्चा पदार्थ र तयारी वस्तु गरेर हामीसँग मौज्दात भएको ३ महिनाका लागि हो। भर्खरै नेपाल औषधि व्यवसायी संघले पनि प्रेस विज्ञप्ती जारी गर्दै ३ महिनाको लागि छ भनेर भनेको छ। भनेपछि नेपालमा यी वस्तुहरु ६ महिनासम्म पुग्छन्।’

संघका महासचिव बिप्लव अधिकारीका अनुसार नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर छ। उनले भने, ‘अहिले ७५ प्रतिशत औषधिमा हामी आत्मनिर्भर छौँ। विदेशीले जुनसुकै बेला रोक्यो भने पनि तयार छौँ। हार गुहार गर्नुपर्ने अवस्था छैन्।’

उनले यस्तो अवस्थामा सरकारले स्वेदशी उत्पादनलाई नै अझै प्रोत्साहन गर्न सके औषधिमा सँधैभरीका लागि आत्मनिर्भर हुन सक्ने बताएका छन्।

प्रकाशित: Mar 06, 2020| 10:31 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।