आइतबार, चैत १, २०८२

टर्की र रुसबीच युद्धविराम

रुस र टर्कीबीच उत्तरी सिरियाको इद्लिब प्रान्तमा शुक्रबारबाट युद्धविराम लागू भएको छ।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

National life
Laxmi sunrise bank
kumari

सिरिया - रुस र टर्कीबीच उत्तरी सिरियाको इद्लिब प्रान्तमा शुक्रबारबाट युद्धविराम लागू भएको छ।

मानवीय सहायताको खाँचो पर्नसक्नेगरी आपतकाल फैलाउने र उनीहरूका सेनाबीच झडप हुने डर बढाउने अवस्था रहेकाले पछिल्लो समयमा जारी रहेका झडपहरुलाई पनि रोक्ने उद्देश्यले शुक्रबारदेखि युद्धविराम लागू भएको जनाइएको छ।

सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा हिंसा बढेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्की समकक्षी रेसेप तायिप एर्डोगानबीच यो सम्झौता भएको समाचारमा जनाइएको छ।

उत्तरपश्चिमी सिरियामा आङ्कराले मस्कोको समर्थनमा रहेका सरकारी सेनासँग संघर्ष गरिरहेका थिए। यस प्रान्तमा जारी रक्तपातको कारण करिब १० लाख नागरिक आफ्नो घर छोडेर भागेका छन्। जारी हिंसाको कारण दर्जनौं टर्की सेना मारिएका बताइएको छ।

पुटिन र एर्डोगानबीच ६ घण्टा भन्दा बढी समय वार्तापछि शुक्रबार मध्यरातदेखि युद्धविरामका लागि सहमति भएको बताइएको थियो।

सिरियामा सन् २०११ को मार्च महिनापछि राष्ट्रपति बसर अल असदको राजीनामा माग गर्दै सुरु भएको आन्दोलन केही समयपछि गृहयु्द्धमा परिणत भएको थियो। यस युद्धमा सो समयदेखि हालसम्म ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। लाखौं व्यक्ति घाइते भएका छन् भने अरु लाखौं आफ्नै देश र छिमेकमा पर्ने देशहरुमा शरणार्थीका जीवन विताइरेहका छन्।

प्रकाशित: Mar 06, 2020| 10:12 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।