आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कार्यसम्पादन राम्रो नभएपछि युक्रेनी राष्ट्रपतिद्वारा सबै मन्त्री बर्खास्त

कार्यसम्पादन राम्रो नभएपछि युक्रेनी राष्ट्रपतिद्वारा सबै मन्त्री बर्खास्त

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खराब कार्यसम्पादन र भ्रष्टाचारको आरोप लागेपछि आफ्नो मन्त्रिपरिषदका सबै मन्त्री बर्खास्त गरिदिएका छन् ।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खराब कार्यसम्पादन र भ्रष्टाचारको आरोप लागेपछि आफ्नो मन्त्रिपरिषदका सबै मन्त्री बर्खास्त गरिदिएका छन् ।

National life

यसका साथै उनले आफ्नो मन्त्रिमण्डलमा रहेका व्यक्तिलाई कुनै पनि अन्तर्राष्ट्रिय कम्पनीमा जान अयोग्य घोषणा गरेका छन् ।

जसमा स्वास्थ्य मन्त्री जोरयाना स्कालेत्सका पनि छन्, जो चीनबाट फर्किएपछि कोरोनाभाइरसको आशंकामा आइसोलेशनमा राखिएको थियो ।

राष्ट्रपति जेलेन्स्कीले संसदमा सम्बोधनका क्रममा यसरी मन्त्रिपरिषदका सबै सदस्य बर्खास्त गर्नु आफ्नो बाध्यता रहेको बताएका छन् । उनले मन्त्रीहरु पश्चिमी देशहरुको गुलाम बनेको आरोप लगाए । पश्चिमा देशहरु आर्थिक सहयोगका नाममा देशमा घुसपैठ गरेको राष्ट्रपति जेलेन्स्कीको आरोप छ ।

आफ्नो सम्बोधनका क्रममा जेलेन्स्कीले भने, ‘हाम्रा अन्तर्राष्ट्रिय सहयोगीलाई सम्मान छ र उहाँहरुले दिएको सहयोगप्रति धन्यवाद दिँदै म यो भन्न चाहन्छु कि हाम्रा कम्पनीका सञ्चालकहरु भएर काम गरेका हाम्रो देशका नागरिकहरु एक जातीय अल्पसंख्यकजस्तो महशुस गरिरहेका छन् ।

Laxmi sunrise bank
kumari

हाम्रो मन्त्रीहरुको प्रदर्शन कमजोर बनेको छ । तर एउटा आशा लाग्दो कुरा के छ भने यो ६ महिनाको अवधिमा कम्तीमा कसैले भ्रष्टाचार गरिसक्न भने पाएको छैन ।’

भ्रष्टाचारको अन्त्यका लागि साथीको बैंकलाई राष्ट्रियकरण

जेलेन्स्कीले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोग रहेको एउटा बैंकलाई राष्ट्रियकरण गरेका छन् । जसमा उनका नजिकका साथी ईहोर कोलोमोइस्कीले नेतृत्व गरेका थिए ।

उनी युक्रेनका मिडिया तथा बैंकिङ टाइकुन हुन् । आईएमएफले सहयोगका लागि बैंकको बोर्डमा विदेशी सदस्यहरुलाई स्वतन्त्र निर्देशकका रुपमा सहभागी गराउनु पर्ने सर्त राखेको थियो ।

जेलेन्स्कीले यो कुरा अस्वीकार गरे र त्यहाँ अनियमितता हुन सक्ने आशंकामा बैंकलाई नै राष्ट्रियकरण गरिदिए ।

जेलेन्स्कीको लोकप्रियता

जेलेन्स्की युक्रेनका चर्चित हाँस्यकलाकार हुन् । गत वर्ष भएको निर्वाचनबाट दुई तिहाई बढी मत प्राप्त गर्दै देशको राष्ट्रपति बने ।

उनको केर्वटल–९५ भन्ने एउटा इन्टरटेन्मेन्ट कम्पनी छ । यसको टिभी सिरिएल ‘सर्भेन्ट अफ द पिपुल’ मा जेलेन्स्कीले राष्ट्रपतिको भूमिका निर्वाह गरेका थिए ।

गत वर्ष सन् २०१९ मा भएको राष्ट्रपतीय निर्वाचनमा उनले ७३.२२ प्रतिशत मत प्राप्त गरेका थिए ।

प्रकाशित: Mar 06, 2020| 10:07 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।