आइतबार, चैत ८, २०८२

विश्वकप छनोटका दुवै खेल स्थगित

चैतमा हुने विश्वकप क्वालिफायर र एसिया कप क्वालिफयरका खेल स्थगित भएका छन्। आज फिफाले एक सूचना जारी गर्दै कोरोनाका कारण खेल रोक्न निर्देशन दिएको हो।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं - चैतमा हुने विश्वकप क्वालिफायर र एसिया कप क्वालिफयरका खेल स्थगित भएका छन्। आज फिफाले एक सूचना जारी गर्दै कोरोनाका कारण खेल रोक्न निर्देशन दिएको हो।

National life

आगामी चैतमा सञ्चालन हुने खेलमा उपस्थित हुन नसक्ने भन्दै अष्ट्रेलियाले एसियाली फुटबल महासंघ(एएफसी)लाई जानकारी गराएको थियो। अष्ट्रेलियाकासाथै चाइनिज ताइपेइसँगको खेल पनि स्थगित भएको हो। फिफाले एएफसीको सहकार्यमा खेल रोकिएको बताएको छ। फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोटका रुपमा दशरथ रंगशालामा खेल हुने तथ थियो। नेपालले यी दुवै प्रतियोगिताको संयुक्त छनोटका रुपमा अष्ट्रेलिया (चैत १८) र चाइनिज ताइपे (चैत १३) सँग खेल्ने तालिका थियो।

फिफाले विश्व स्वास्थ्य संगठनसँग सल्लाह गरेर मात्र अगाडिका खेलहरु सञ्चालन गर्ने बताएको छ। चीनको वुहानबाट सुरु भएको कोबिड-१९(कोरोना भाइसर)का कारण विश्वका ठूला खेलहरु धमाधम स्थगित हुन थालेका छन्।

जारी क्वालिफायरमा नेपाल समूह ‘बी’मा छ। नेपाल एक खेलमा मात्र जित निकालेर चौथो स्थानमा रहँदा अष्ट्रेलिया, कुवेत र जोर्डन क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। उनीहरुको क्रमशः १२ र समान १० अंक रहेको छ। चाइनीज ताइपे समूहको पूछारमा छ।

प्रकाशित: Mar 06, 2020| 09:57 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।