मंगलबार, असार ३०, २०८३

सिंगापुरसँग खेल्न पाएन नेपालले, खेल रद्द भएपछि अंक बाँडियो

नेपाल र सिंगापुरबीचको खेल रद्द भएको छ। थाइल्यान्डको टेर्डथाई क्रिकट मैदानमा हुने भनिएको खेल वर्षाका कारण प्रभावित भएपछि रद्द गरिएको हो।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं– नेपाल र सिंगापुरबीचको खेल रद्द भएको छ। थाइल्यान्डको टेर्डथाई क्रिकट मैदानमा हुने भनिएको खेल वर्षाका कारण प्रभावित भएपछि रद्द गरिएको हो।

थाइल्यान्डको बैंककमा एसीसी इस्टर्न रिजन टी–२० अन्तर्गत नेपालले आज अन्तिम खेलमा सिंगापुरसँग प्रतिष्पर्धा गर्ने तय थियो। तर, गए राति परेको झरीले मैदान ओसिलो भएपछि अफिसियलले खेल हुन नसक्ने बताए।

अन्तिम खेल रद्द भएसँगै नेपालले सिंगापुरसँग १–१ अंक बाँडेको छ। प्रतियोगितामा सिंगापुरले तीन खेल जितेर एक अंक बाँड्दै ७ अंक बनाएको छ भने नेपालले दुई हार, एक जित र एक खेलमा अंक बाँड्दै ३ अंक जोडेको छ।

प्रतियोगितामा सिंगापुर एसिया कप छनोटका छानिसकेको छ भने नेपाल बाहिरिसकेको छ। सुरुवातका दुई खेलमा मलेसिया र हङकङसँग पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। नेपालले आफ्नो तेस्रो खेलमा भने थाइल्यान्डलाई हराएको थियो।

प्रतियोगिताको अन्तिम खेलमा आज सोही मैदानमा मलेसिया र हङकङ प्रतिस्पर्धा गर्दै छन्।

प्रकाशित: Mar 06, 2020| 06:33 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।