आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट : सुखद अन्त्य गर्ने दाउमा नेपाल

एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट : सुखद अन्त्य गर्ने दाउमा नेपाल

थाइल्यान्डमा जारी एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज (शुक्रबार) नेपालले सिंगापुरविरुद्ध अन्तिम खेल खेल्दैछ।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं– थाइल्यान्डमा जारी एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज (शुक्रबार) नेपालले सिंगापुरविरुद्ध अन्तिम खेल खेल्दैछ। खेल बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा बिहान ८ः१५ मा सुरु हुनेछ।

National life

आजको खेलमा नेपाल सिंगापुरलाई हराएर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ।

उता प्रतियोगितामा अपराजित रहेको सिंगापुर पनि आफ्नो जितको यात्रालाई निरन्तरता दिने दाउमा छ।

जारी प्रतियोगितामा सिंगापुर एसिया कप छनोटका छानिसकेको छ भने नेपाल बाहिरिसकेको छ। सुरुवातका दुई खेलमा मलेसिया र हङकङसँग पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। नेपालले आफ्नो तेस्रो खेलमा भने थाइल्यान्डलाई हराएको थियो।

अंकतालिकामा सिंगापुर शीर्ष स्थानमा छ। उसको ३ खेलबाट ६ अंक छ। नेपालले भने चौथो स्थानमा छ। उसको समान खेलबाट २ अंक मात्रै छ।

Laxmi sunrise bank
kumari

अंकतालिकामा दोस्रो र तेस्रो स्थानमा क्रमशः हङकङ र मलेसिया छन्। उनीहरूको समान ४ अंक छ। यी दुवै टोलीबीच आज हुने प्रतियोगिताको अन्तिम खेलबाट एसिया कप छनोट खेल्ने दोस्रो टोलीको टुंगो लाग्नेछ। उक्त खेलको विजेताले एसिया कप छनोट खेल्न पाउनेछ।

हेड टु हेड

हेड टु हेड नतिजाका आधारमा दुवै टोलीको स्तर बराबर देखिएको छ। यी दुवै टोलीबीच भएका अन्तिम तीन खेलमा दुवै टोलीले एक–एक जित हात पारेका छन्। एक खेल भने स्थगित भएको छ।

 

प्रकाशित: Mar 06, 2020| 01:38 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।