मंगलबार, असार ३०, २०८३

खेलकुद प्रतियोगिताहरु स्थगित गर्न मन्त्रालयको आग्रह

युवा तथा खेलकुद मन्त्रालयले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सम्भव भएसम्म खेलकुदका प्रतियोगितामा प्रतिबन्ध लागएको छ।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सम्भव भएसम्म खेलकुदका प्रतियोगितामा प्रतिबन्ध लागएको छ।

आज खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माको अध्यक्षतामा बसेको ‘व्याप्त कोभिड १९ (नोभल कोरोना भाईरस) ले पार्ने प्रभाव एवं जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ’ भन्ने बिषयक बैठकले उक्त निर्णय गरेको हो।

फागुन २२ गते बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयको निणयलाई खेलकुदमा पनि कार्यान्वयन गर्ने विषमा छलफल भएको थियो।

सोही निर्णको आधारमा युवा तथा खेलकुद मन्त्रालयले खेलका आयोजना प्रतिबन्ध गर्ने निर्णय गरिएको बताइएको छ। मन्त्रालयले राखेपलाई पत्र लेख्दै सम्पूर्ण खेल संघ, संस्थाहरु तथा सरोकारवालाहरुलाई निर्णय बामेजिम गर्न तथा गराउन अनुरोध समेत गरेको छ।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नोभल कोरोनाको संक्रमण हुन सक्ने अति संवेदनशिलतालाई ध्यानमा राखी गोष्ठी, सेमिनार, पाटी, मेला, सपिङ्ग कम्प्लेक्स, सिनेमा हल, कुनै पनि खेलकुद वा मनोरञ्जनका कार्यक्रमहरु लगायतका भिडभाड हुने स्थलहरुलाई संक्रमण हुनसक्ने संवेदनशिल स्थलको रुपमा लिईएको हुँदा परिषद् र अन्तर्गत सञ्चालन गरिने अत्याधिक भिडभाड हुने सबै किसिमका खेलकुदका प्रतियोगिता लगायतका, कार्यक्रमहरु अर्को सूचना प्रकाशित नभएसम्म सम्भव भएसम्मका कार्यक्रमहरु स्थगित गर्न सूचित गरिएको छ।’

प्रकाशित: Mar 05, 2020| 14:16 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।