मंगलबार, असार ३०, २०८३

माईभ्याली गोल्डकप : आर्मीलाई हराउँदै आयोजक फाइनलमा

माईभ्याली फुटबल क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको फाइनलमा पुगेको छ।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

काठमाडौं- माईभ्याली फुटबल क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको फाइनलमा पुगेको छ।

त्रिभुवन आर्मीलाई ५–४ गोलले हराउँदै माईभ्याली फाइनलमा पुगेको हो।

फाइनलमा अब उसले ए डिभिजन लिग विजेता मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ। निर्धारित र अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि खेल ‘सडन डेथ’मा गएको थियो।

आजको खेलमा माईभ्यालीका गोलरक्षक देव लिम्बू म्यान अफ दि म्याच बने। उनले नगद १५ हजार पुरस्कार प्राप्त गरे।

लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लबको समेत सहभागिता रहेको प्रतियोगितामा १० टोलीले खेलेका थिए।

गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

प्रकाशित: Mar 05, 2020| 13:40 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।