मंगलबार, असार ३०, २०८३

चैत ३ देखि सुरु हुने महिला लिग तीन चरणमा हुने

उपमेयर राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा तीन चरणमा सञ्चालन हुने भएको छ।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

काठमाडौं - उपमेयर राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा तीन चरणमा सञ्चालन हुने भएको छ। अखिल नेपाल फुटबल सङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी चैत पहिलो साताबाट सुरु हुने लिग तीन चरणमा खेलाइने जनाएको हो। यसमा पहिलो चरणको खेल धरानको धरान रङ्गशालामा चैत ३ देखि १३ गतेसम्म आयोजना हुनेछ। त्यसैगरी दोस्रो चरणको खेल काठमाडौंमा वैशाख पहिलो साताबाट र तेस्रो चरणको खेल विराटनगरको शहीद रङ्गशालामा जेठ तेस्रो साताबाट सञ्चालन हुनेछ।

प्रतियोगितामा तीन विभागीय टोलीसहित कूल सात टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, चन्द्रपुर नगरपालिका रौतहट, विराटनगर महानगरपालिका विराटनगर, चौदण्डीगढी नगरपालिका उदयपुर र वालिङ नगरपालिका स्याङ्जाले खेल्नेछन्।

डबल राउण्ड रोबिनको आधारमा हुने लिगमा कूल ४२ खेल हुनेछ। लिगको विजेता टोलीले १५ लाख प्राप्त गर्दा उपविजेताले आठ लाख प्राप्त गर्नेछ। त्यसैगरी तेस्रो हुने टोलीले पाँच लाख तथा चौथोले तीन लाख पुरस्कार पाउनेछन्।

प्रतियोगितामा फेयर प्ले घोषित हुने एक टोलीले एक लाख ५० हजार प्राप्त गर्नेछ। प्रतियोगितामा उत्कृष्ट घोषित हुने फरवार्ड, डिफेन्डर, मिडफिल्डर, गोलकिपर र प्रशिक्षकलाई जनही ५० हजार प्रदान गरिने आयोजक एन्फाले जनाएको छ। त्यस्तै प्रतियोगिताको प्रत्येक खेलमा प्लेयर अफ दि म्याच घोषित हुने खेलाडीलाई पाँच हजार दिइने छ। प्रतियोगिताको तयारीस्वरुप एन्फाले सहभागी टोलीलाई एक/एक लाख दिनेछ।

प्रकाशित: Mar 05, 2020| 12:03 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।