बिहीबार, वैशाख ३१, २०८३

कोरोनाको त्रास बढेपछि क्यालिफोर्नियामा आपतकाल घोषणा

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना जीवाणुका कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ ।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

क्यालिफोर्निया– संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना जीवाणुका कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ । अमेरिकामा यो समेत १० जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ ।

National life

अमेरिकी स्वास्थ्य अधिकारीहरुले क्यालिफोर्नियाको स्याक्रामान्टो अस्पतालमा मृत्यु भएका ती व्यक्ति ७१ वर्षका पुरुष रहेको जानकारी दिएका छन् । ती व्यक्ति हालै क्रुज जहाजको यात्राबाट फर्किएका हुन् ।

ह्वाइट हाउसले यस रोगको परीक्षणलाई देशव्यापी विस्तार गर्ने बुधबार जानकारी दिएको छ । अमेरिकाका १६ वटा राज्यमा करिब १५० जनामा कोरोना भाइरस देखिएको थियो ।

विश्वभर हाल कोरोना सङ्क्रमित व्यक्तिको संख्या ९२ हजारभन्दा बढी पुगिसकेको छ, र तीमध्ये करिब ८० हजार चीनमा रहेको बिबिसीले जनाएको छ । हाल विश्वभर कोराना पीडित ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिकामा मृत्यु भएका ११ जनामध्ये १० जना वासिङ्टन राज्यका रहेका छन् र पछिल्लो समय यो रोग टेक्सास र नेब्रास्का राज्यमा पनि फैलिएको छ ।

यसैबीच वासिङ्टन र फ्लोरिडा राज्य दुबैले गत साता नै स्वास्थ्य आपतकालको घोषणा गरिसकेका छन् ।

क्यालिफोर्नियामा मृत्यु भएका कोरोना सङ्क्रमित बृद्ध व्यक्ति ग्रान्ड प्रिन्सेज नामको क्रुजमा यात्रारत रहेका व्यक्ति थिए । यो जहाज सानफ्रान्सिस्को हुँदै मेक्सिको पुगेको थियो ।

कोरोनाको त्रास फैलिएसँगै संयुक्त राज्य अमेरिकाले चीन भ्रमण गरेका कुनै पनि देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । तर चीन छाडेको १४ दिन पछि भने त्यस्ता यात्रुलाई अमेरिका प्रवेश गर्न दिइने गरिएको छ ।
रासस

प्रकाशित: Mar 05, 2020| 10:52 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।