भारतको राजधानी नयाँ दिल्लीमा सन् २०१२ मा भएको सामूहिक बलात्कार–हत्याको घटनामा दोषी ठहर भएका चारजना अपराधीलाई यही मार्च २० तारिखमा फाँसी दिइने भएको छ। यसअघि दुईपटक मिति तोकिएर पनि उनीहरुलाई फाँसी नदिइएपछि अदालतले नयाँ मिति तोकेको हो।
बीबीसीका यही २० मार्च शुक्रबार बिहान साढे ५ बजे उनीहरूलाई फाँसी दिइनेछ। चारमध्येका एक दोषी पवन गुप्ताले राष्ट्रपति रामनाथ कोविन्दसमक्ष पेश गरेको दया याचिका खारेज भएपछि फाँसीको नयाँ मिति तय भएको हो।
निर्भया काण्डका चारैजना दोषी मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्तालाई पटियला हाउस कोर्टले फाँसीको सजाय सुनाइसकेको छ।