मंगलबार, असार ३०, २०८३

रोनाल्डिन्हो पराग्वेमा पक्राउ

ब्राजिलका पूर्व फुटबल खेलाडी रोनाल्डिन्हो पराग्वेमा पक्राउ गरेका छन्। नक्कली राहदानीसहितका कागजात प्रयोग गरेको आरोपमा रोनाल्डिन्हो पाराग्वेमा पक्राउ परेका हुन्। बुधबार राति याट एण्ड गल्फ क्लब पाराग्वेबाट रोनाल्डिनो र उनका दाइ रोबेर्टो एसिस पक्राउ परेका हुन्र।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

काठमाडौं - ब्राजिलका पूर्व फुटबल खेलाडी रोनाल्डिन्हो पराग्वेमा पक्राउ गरेका छन्। नक्कली राहदानीसहितका कागजात प्रयोग गरेको आरोपमा रोनाल्डिन्हो पाराग्वेमा पक्राउ परेका हुन्। बुधबार राति याट एण्ड गल्फ क्लब पाराग्वेबाट रोनाल्डिनो र उनका दाइ रोबेर्टो एसिस पक्राउ परेका हुन्र।

क्यासिनोका मालिक नेल्सन बेलोट्टीले उनीहरुलाई आमन्त्रित गरेका थिए। सोही क्रममा उनीहरु नक्कली कागजात प्रयोग गरी पाराग्वे पुगेका थिए। हाल रोनाल्डिन्होसँग ब्राजिलियन पासपोर्ट छैन । उनलाई ब्राजिलको अदालतले सन् २०१८ मा वातावरणीय जरिवाना स्वरुप ८५ लाख डलर जरीवाना गरिएको थियो । तर तर, उक्त जरिवाना तिर्न नसकेपछि उनको पासपोर्ट जफत गरियो र देश छोड्न प्रतिबन्ध लगाइयो। उनले बनाएको नक्कली पासपोर्टमा वास्तविक नाम, जन्ममिति उल्लेख छ। तर उनलाई पाराग्वेको नागरिक भनेर लेखिएको छ।

रोनाल्डिन्होले सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा मुख्य भूमिका निभाएका थिए। उनी पिएजी, एसी मिलान तथा बार्सिलोनाका पूर्वखेलाडीसमेत हुन्।

प्रकाशित: Mar 05, 2020| 07:57 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।