आइतबार, वैशाख २८, २०८२

देउवाको गृह जिल्लामा जिल्ला अधिवेशन स्थगित

नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सातौं जिल्ला अधिवेशन स्थगित भएको छ।
 |  मंगलबार, भदौ २२, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

vianetvianet

धनगढी– नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सातौं जिल्ला अधिवेशन स्थगित भएको छ।

triton college

कांग्रेसको १४औं  महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले पठाएको क्रियाशील सदस्यहरुको नामावलीमा व्यापक हेरफेर तथा थपघट गरिएको भन्दै कार्यसमिति बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।

मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले निर्वाचन सामग्री नबुझाएको र उनी लगायत एक पक्षीय कार्यकर्ताहरुले बैठक पुस्तिकामा दस्तखत गर्न नमानेका कारण अधिवेशन स्थगित गर्ने निर्णय भएको जिल्ला सभापति कर्णबहादुर मल्लले बताए ।

यता, निर्वाचन अधिकृत लोकेन्द्र बमले भने केन्द्रीय निर्वाचन समितिको निर्णय अनुसार यहि भदौ २५ गते वडा अधिवेशन हुने भन्दै विज्ञप्ति जारी गरेका छन्। उनले जारी गरेको विज्ञप्तिमा बाँकी पालिका, प्रदेश सभा क्षेत्र र जिल्ला अधिवेशनको मिति आगामी सूचनामार्फत जानकारी गराइने उल्लेख छ। 

आइतबार मात्रै सार्वजनिक भएको नेपाली कांग्रेसको क्रियाशील सदस्यता सूचीबारे जिल्लामा हंगामा मच्चिएको छ। आफूहरुले ४ तहबाट प्रमाणित गरेर सिफारिस गरेको नाममा व्यापक हेरफेर भएको भन्दै जिल्ला कार्य समितिले आपत्ति जनाउँदै आएको छ ।

National life insurance

प्रकाशित: Sep 07, 2021| 16:23 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।