आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अष्ट्रेलियाको वर्षाले भारतलाई फाइदा, पहिलोपटक विश्वकप फाइनलमा

अष्ट्रेलियाको वर्षाले भारतलाई फाइदा, पहिलोपटक विश्वकप फाइनलमा

सिड्नी रंगशालामा आज हुने भनिएको सेमीफाइनलको पहिलो खेल वर्षका कारण हुन नसकेपछि भारत स्वतः फाइनलका लागि क्वालिफाइ भयो। खेल रद्द भएसँगै भारत पहिलोपटक विश्वकपमा पुगेको छ।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

सिड्नी– अष्ट्रेलियामा जारी छैटौं संस्करणको आईसीसी महिला टी–२० विश्वकपमा भारत फाइनलमा पुग्ने पहिलो टोली भएको छ। वर्षाका कारण सेमीफाइनल खेल स्थगित भएपछि समूहको प्रदर्शनका आधारमा भारत विश्वकपको फाइनलमा पुगेको हो।

National life

सिड्नी रंगशालामा आज हुने भनिएको सेमीफाइनलको पहिलो खेल वर्षका कारण हुन नसकेपछि भारत स्वतः फाइनलका लागि क्वालिफाइ भयो। खेल रद्द भएसँगै भारत पहिलोपटक विश्वकपमा पुगेको छ।

समूह ‘ए’ को समूह चरणका सबै खेल जितेर सेमीफाइनल प्रवेश गरेको भारतको ८ अंक रहेको छ।

उता, समूह ‘बी’ को उपविजेता रहेको इंग्ल्यान्डको ६ अंक रहेको छ। उसले दक्षिण अफ्रिकासँगको खेल हारेका कारण सेमीफाइनलबाटै बाहिरिनु परेको हो। इंग्ल्यान्डले पर्थ मैदानमा फेब्रुअरी ३० मा दक्षिण अफ्रिकासँग विश्वकपको आफ्नो पहिलो खेलमै हार बेहोरेको थियो।

खेल स्थगित भएर बाहिरिनु परेपछि इंग्ल्यान्डका कप्तान हेथर नाइटले भनिन्, ‘निराशाजनक अवस्थामा पुगेका छौं। विश्वकप यसरी सकियोस् भन्ने सोचेका थिएनौं। प्रतियोगितामा रिजर्भ डे नभएकाले सेमीफाइनल खेल्न पाएनौं। जसकारण दक्षिण अफ्रिकासँगको त्यो हार नै आजको हारको कारण बनेको छ। हामी सेमीफाइनमा पुग्न चाहन्थ्यौं। र, हामी आइपुग्यौं पनि। हामीले राम्रो खेलेरै सेमीफाइनल सम्म आइपुगे जस्तो लाग्छ।’

Laxmi sunrise bank
kumari

उनले हाँस्दै थपिन्, ‘यो प्रतियोगिताबाट हामीले सिकेको पाठ चाहिँ प्रतियोगिताको पहिलो खेल कहिल्यै नहार्नु भन्ने हो। त्यो हार नै यो हार भयो। हामीले राम्रो सुरुवात नगरेकाले विश्वकपमा मूल्य चुकाउनु परेको छ।’

इंग्ल्यान्ड बाहिरिएसँगै फाइनमा पुगेको भारतीय त्रिकेट टिमकी कप्तान हर्मनप्रित कौरले भनिन्, ‘दुर्भाग्यवश हामीले खेल्न पाएनौं, तर खेलमा नियम हुन्छन् र हामीले त्यसलाई मान्नैपर्छ। भोलिका प्रतियोगितामा रिजर्भ दिन राख्नु उत्तम विचार हुने छ। हामीलाई सबै खेल जित्न सुरुबाटै दबाब थियो। अष्ट्रेलिया लगायतका बलिया टिमसँग जुध्नुपर्ने थियो। यसको जस सबै खेलाडीलाई जान्छ। त्यही समूह चरणको जितका कारण हामी फाइनल पुग्न सफल भयौं। हाम्रो लागि पहिलो विश्वकप फाइनल आजसम्मकै ठूूलो उपलब्धि हो। हामी फाइनलमा राम्रो खेल देखाउन चाहान्छौं।’

आजै हुने दोस्रो सेमीफाइनल खेल पनि सिड्नी रंगशालामा हुनेछ। दोस्रो सेमीफाइनल खेलमा दक्षिण अफ्रिकाले आयोजक अष्ट्रेलियाको सामना गर्दै छ।

तर, सिड्नीमा अझैसम्म पानी रोकिएको छैन। वर्षाकै कारण अर्को खेल पनि रोकिएमा भारतले फाइनमा दक्षिण अफ्रिकाको सामना गर्ने छ।

गत वर्षको अगष्टमा बेलायतमा भएको एक दिवसीय पुरुष विश्वकपमा पनि वर्षाका कारण धेरै खेलहरु प्रभावित भएका थिए। प्रतियोगितामा रोकिएका खेलहरु गर्नका लागि रिजर्भ दिन नहुँदा खेलहरु प्रभावित हुने गरेका छन्।

जारी विश्वकपमा वर्षाका कारण समूह चरणका दुई खेल पनि प्रभावित भएका थिए। जसका कारण थाइल्यान्ड र पाकिस्तान तथा दक्षिण अफ्रिका र वेस्ट इंडिजका खेल प्रभावित भएका थिए।

फाइनल खेल मार्च ८ मा मेलबर्नमा हुँदैछ।

प्रकाशित: Mar 05, 2020| 06:42 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।