आइतबार, मंसिर २१, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • संखुवासभा हत्या प्रकरण : ६ वटै शव पोस्टमार्टमका लागि धरान पठाइयो

संखुवासभा हत्या प्रकरण : ६ वटै शव पोस्टमार्टमका लागि धरान पठाइयो

मादी नगरपालिका–१ उम्लिङबाट मंगलबार दिउँसो ६ जनाकै शव धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

विराटनगर– संखुवासभामा हत्या गरिएका एकै परिवारका ६ जनाको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ। मादी नगरपालिका–१ उम्लिङबाट मंगलबार दिउँसो ६ जनाकै शव धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ। 

National life

‘पोस्टमार्टमका लागि शव धरान लगिएको छ’,  १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले  भने। शवलाई  गाडीमा हालेर अस्पताल लगिएको छ। संघीय एकाइ प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा टोली खटिएको थियो। तालिमप्राप्त कुकुरसहितको टोली सोमबार साँझ पुगेको थियो। प्रहरीले मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाएको राईले बताए। 

मादी-१ का कार्की परीवारको हत्या पैसाका कारण भएको हुन सक्ने देखिएको वडाध्यक्ष खेमनाथ कटुवालले बताएका छन्। प्रहरीको अनुसन्धान जारी रहे पनि परिवारका सदस्य र छिमेकीसँगको कुरा बुझ्दा झापामा घडेरी खरिदका लागि जम्मा गरेको पैसा लुट्नकै लागि हत्या भएको देखिन आएको उनले बताए। कटुवालले भने, ‘प्रहरीको अनुसन्धानबाट केही निष्कर्ष निस्केला। तर, अहिलेसम्मको अध्ययनले त्यही देखाएको छ।’ प्रहरीले घरभित्रको अनुसन्धान गरेपछि केही तथ्य आउने उनले बताए। 

मादी- का ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या गरिएको अवस्थामा सोमबार बिहान स्थानीयले शव फेला पारेका थिए। 

सात जनाको परिवारमा बस्दै आएकामा ९३ वर्षीय बाबु बौद्धमान कार्की मात्र सकुशल छन्। उनी आँखा राम्रोसँग देख्दैनन् भने कान पनि राम्रोसँग सुन्दैनन्। उनले बिहान मात्र घटनाबारे थाहा पाएको बताएका छन्। साँझ ६ वजे खाना खाएर सुतेको उनले बताएका छन्। बिहान छिमेकीले भन्दा मात्र आफूले घटनाबारे थाहा पाएको कार्कीले बताएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 07, 2021| 16:18 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।