आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा एकैदिन थपिए १९ काेराेना संक्रमित, नेपालसँगको नाकामा निगरानी

भारतमा एकैदिन थपिए १९ काेराेना संक्रमित, नेपालसँगको नाकामा निगरानी

नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा कोरोनाका संक्रमित दिनप्रतिदिन बढ्दै गएका छन्।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

एजेन्सी- नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा कोरोना भाइरस (काेभिड–१९) का संक्रमित दिनप्रतिदिन बढ्दै गएका छन्। त्यहाँ कोरोना संक्रमितको संख्या २८ पुगेको छ। मंगलबार र बुधबारमात्रै २५ जना नयाँ संक्रमित थपिएका हुन्।

National life

भारतीय अधिकारीहरुका अनुसार मंगलबार ६ जनामा संक्रमण पुष्टि भएको थियो। बुधबार एकै दिन १९ जना नयाँ संक्रमित भेटिएका छन्।

उत्तर प्रदेशको आगरामा शंकास्पद ५० जनाको परीक्षण गरिएको छ भने उनीहरुको रिपाेर्ट आइसकेको छैन।

केही दिनअघि संक्रमण पुष्टि भएका ३ जना उपचारपछि घर फर्किसकेका छन्। संक्रमण पुष्टि भएका सबैलाई दिल्लीको सफदरजंग अस्पतालमा भर्ना गरिएको छ।

इटलीबाट आएका २१ जनालाई दिल्लीको आईटीबीपी आइसोलेसन सेन्टरमा राखिएको छ। आइसोलेसनमा राखिएकामध्ये १६ जनामा कोरोना पुष्टि भैसकेको छ।

Laxmi sunrise bank
kumari

भारतका सबै प्रदेशमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले उच्चस्तरीय संयन्त्रको बैठक बोलाएका छन्।

भारतीय केन्द्रीय वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री प्रकाश जावडेकरका अनुसार कोरोना परीक्षणका लागि १५ वटा नयाँ ल्याब बनाइएको छ। १९ वटा तत्काल बनाउने तयारी छ।

मन्त्री जावडेकरका अनुसार विमानस्थलबाट आउने ६ लाख मानिसको स्कृनिङ गरिएको छ। खुला सीमाबाट भारत प्रवेश गर्ने १० लाख मानिसको स्कृनिङ गरिएको छ।

इटलीबाट आउने र इटलीबाट आएको व्यक्तिको सम्पर्कमा पुगेका झण्डै ५० जना व्यक्तिले आफूहरुले कोरोना परीक्षण गराउन चाहेको भन्दै अस्पतालको सम्पर्कमा पुगेका छन्।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डा र गृहमन्त्री अमित शाहसमेत भारतीय जनता पार्टीका थुप्रै नेताहरुले आफूहरुले होली नमनाउने निर्णय गरेका छन्।

त्यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि होली नखेल्ने निर्णय गरेका छन्।

भारतका सबैजसो प्रान्तमा कोरोनाका शंकास्पद व्यक्तिहरु भेटिएको बताइएको छ। पुष्टि नभएकाहरुलाई आइशोलेसनमा राखेर निगरानी गरिएको छ।

भारतले नेपालसँग नाका जोडिएका अधिकांश क्षेत्रमा कडा निगरानी बढाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। अधिकांश नाका बन्द गर्ने तयारीसमेत गरिएको र धेरै ठाउँमा स्कृनिङ सुरु गरिएको जनाइएको छ।

प्रकाशित: Mar 04, 2020| 11:57 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।