मंगलबार, असार ३०, २०८३

एसिया कप छनोटमा पुग्ने नेपालको सपना अधुरै

आगामी अगस्टमा मलेसियामा हुने एसिया कप छनोट खेलमा पुग्न नेपाल असफल भएको छ। थाईल्यान्डको राजधानी बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा आज(बुधबार) सम्पन्न खेलमा सिंगापुरले हङकङविरुद्ध जित निकालेसँगै नेपालको अघिल्लो चरणको यात्रामा पूर्णविराम लागेको हो।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं - आगामी अगस्टमा मलेसियामा हुने एसिया कप छनोट खेलमा पुग्न नेपाल असफल भएको छ। थाईल्यान्डको राजधानी बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा आज(बुधबार) सम्पन्न खेलमा सिंगापुरले हङकङविरुद्ध जित निकालेसँगै नेपालको अघिल्लो चरणको यात्रामा पूर्णविराम लागेको हो।

एसिया कप छनोटका लागि नेपालले इस्टर्न रिजनको प्रतियोगिताको शीर्ष दुईमा पुग्नु पर्ने थियो। तर नेपालक लागि सुरुवाती दुई खेलमा ब्यहोरेको हार महंगो भएको छ। अघिल्लो चरण प्रवेशको झिनो आशा रहेपनि आजको दोस्रो खेलमा हङकङ सिंगापुरसँग १६ रनले पराजित भएपछि नेपालको सबै सम्भावना सकिएका हुन्।

आज बिहान सम्पन्न खेलमा नेपालले आयोजक थाईल्यान्डलाई ९ विकेटले हराएसँगै एसिया छनोटमा जाने सानो आशा बाँकी रहेको थियो। तर, त्यो सानो आशाका लागि अन्य देशको नतिजामा भर पर्नु पर्ने थियो। त्यही नतिजा अनुसार आज हङकङले सिंगापुरलाई हराउनै पर्ने थियो। तर, नतिजा उल्टो आयो। १६९ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रनमात्र जोड्न सक्यो। सिंगापुर भने जितसँगै तीन खेलबाट ६ अंकसहित अघिल्लो चरण प्रवेश गरेको छ।

दोस्रो र तेस्रो स्थानमा रहेका मेलेसिया र हङकङको समान ४ अंक रहेको छ। यी दुई टोली शुक्रबार भिड्नेछन्। विजयी हुने टोली अघिल्लो चरण प्रवेश पाउने छ।
नेपालले भने अन्तिम खेल सिंगापुरसँग शुक्रबार नै खेल्ने छ। नेपालले ३ खेलमा २ मा हार र एकमा जित निकाल्दै २ अंक जोडेको छ।

मलेसियामा हुने एसिया क्वालिफायरमा इस्टन रिजन र वेस्टर्न रिजनबाट २/२ टोली(जम्मा ४ टोली) सहभागी हुनेछन्। वेस्टर्न रिजनबाट युएई र कुवेत क्वालिफाई भइसकेका छन्।

मलेसियामा आगामी अगस्टमा हुने प्रतियोगिताको विजेताले आउँदो सेप्टेम्बरमा भारतमा हुने एसिया कप खेल्न पाउने छ। विजेताले एसिया कपमा भारत, पाकिस्तान लगायतका टेस्ट राष्ट्रसँग खेल्न पाउने छ।

प्रकाशित: Mar 04, 2020| 10:57 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।