मंगलबार, असार ३०, २०८३

खुला स्क्वास प्रतियोगिता हुँदै

 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं– नेपाल स्क्वास राकेट्स संघले काठमाडौंमा खुला स्क्वास प्रतियोगिता गर्ने भएको छ। सातदोबाटोस्थित नेपाल स्क्वास संघको हलमा हुने प्रतियोगिताको लागि ६० भन्दा धेरै सहभागीहरु रहने संघले बताएको छ।

प्रतियोगितामा तीन प्रकारका छुट्टाछुट्टै खेल हुनेछन्। खुला पुरुष, महिला तथा मास्टर्स ४५ का खेलहरु प्रतियोगितामा हुने छ। जसमा ३२ भन्दा धेरै प्रतियोगीहरु पुरुषतर्फ सहभागी भइसकेका छन् भने महिलातर्फ पनि ८ खेलाडीले भाग लिएका छन्।

पुरुषको प्रतियोगिता नक आउट प्रणालीमा हुने छ भने महिलाको भने राउन्ड रोविन प्रणालीमा हुने छ। मास्टर्स ४५ बारे भने निर्णय भइसकेको छैन।

खेलमा ब्रिटिस गोर्खा आर्मीका १० खेलाडी (४ नेपाली नागरिक, ६ बेलायती नागरिक)को सहभागिता रहनेछ। त्यस्तै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का काश्य पदक विजेता अरहान्त कशर सिंह, अमृत थापामगर लगायतको सहभागिता रहने छ। महिलातर्फ कृष्णा थापा, भावना सुनुवार, विपना ब्लोन लगायतका खेलाडी सहभागी छन्।

पशुपति रोड क्यारियरले सम्पूर्ण प्रायोजन गरेको प्रतियोगिताका विजेता खेलाडीले नगद पुरस्कार भने पाउने छैनन्। विजेता खेलाडीले मेडल पाउने आयोजकले जनाएको छ।

प्रतियोगिता २०७६ फागुन २३ बाट २७ सम्म सञ्चालन हुनेछ।

प्रकाशित: Mar 04, 2020| 09:50 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।