मंगलबार, असार ३०, २०८३

'कोरोनाको कारण सर्नसक्छ ओलम्पिक ’

जापानकी ओलम्पिक मन्त्री सेइको हासिमोतोले टोकियो ओलम्पिक सर्नसक्ने जानकारी दिएकी छिन्। सन् २०२० को जुलाईबाट आयोजना हुन लागेको ओलम्पिक वर्षको अन्त्यमा सर्न सक्ने उनले बताएकी हुन्।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

जापान - जापानकी ओलम्पिक मन्त्री सेइको हासिमोतोले टोकियो ओलम्पिक सर्नसक्ने जानकारी दिएकी छिन्। सन् २०२० को जुलाईबाट आयोजना हुन लागेको ओलम्पिक वर्षको अन्त्यमा सर्न सक्ने उनले बताएकी हुन्।

चीनको वुहानबाट सुरु भएको नोवेल कोराना भाइरस (कोविड-१९) का कारण ओलम्पिक प्रतियोगिता गर्न सकिने हो वा होइन भन्ने हल्ला विश्वभर फैलिरहेको सममयमा जापानकी ओलम्पिक मन्त्रीले ओलम्पिक केही पछाडि धकेलिन सक्ने बताएकी हुन्।

जापानको संसदमा उनले भनिन्, ‘टोकियोको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)सँग ओलम्पिक २०२० मा गर्ने सम्झौतामा भएको छ।’ उनले थपिन, ‘ओलम्पिकलाई वर्षको अन्तिमसम्म गर्ने गरि स्थागित गर्न सकिन्छ।’ टोकियो ओलम्पिक २४ जुलाईबाट ९ सेप्टेम्बरसम्म आयोजना गरिने तय भएको छ। तर, उनले प्रतियोगिता नरोक्नका लागि सबै प्रयास गरिरहेको बताइन्। योजना अनुसार नै प्रतियोगिता सुरु होस् भन्ने आफूहरुको चाहना भएको उनले स्पष्ट पारिन्।

सम्झौताअनुसार यो प्रतियोगिता रद्द गर्ने अधिकार आईओसीलाई मात्र छ। आईओसीका अध्यक्ष थोमस ब्याचले टोकियोमा सन् २०२० मो ओलम्पिक गर्न आफ्नो संगठन प्रतिबद्ध रहेको बताएका छन्। ‘म सबै एथ्लेटिक्सहरुलाई निर्धक्कसाथ खेलको ट्रेनिङ जारी राख्नको लागि अग्रह गर्न चाहान्छु,’ थोमसले भने।

विश्वका केही ठूला प्रतिस्पर्धाहरु पनि कोरोनाका कारण रद्द भइसकेका छन्। रद्द हुनेमा विश्व एथ्लेटिक्स इन्डोर च्याम्पियनसिप र चिनियाँ ग्रान्ड प्रिक्स रहेको छ।

कोरोना भाइसर ८० देशमा फैलिसकेको छ। यसबाट तीन हजार दुई सय तीन जनाले ज्यान गुमाइसकेका छन्। यसको संक्रमण ९३ हजार एक सय ९१ जनामा देखा परिसकेको छ।

प्रकाशित: Mar 04, 2020| 07:36 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।