बिहीबार, साउन १४, २०८३

७० मुलुकमा संक्रमण, ३२ सयको मृत्यु, कुन देशमा कति ?

कोरोना भाइरस संक्रमणका कारण संसारका विभिन्न मुलुकमा गरी ३२ सय मानिसको ज्यान गएको छ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

बेइजिङ– कोरोना भाइरस संक्रमणबाट  विभिन्न मुलुकमा गरी ३२ सय मानिसको ज्यान गएको छ।

९२ हजार ८ सय ६२ जनामा संक्रमण पुष्टि भएको अमेरिकी समाचार एजेन्सी सीएनएनले जनाएको छ। चीनबाहेक अन्य मुलुकमा दुई सय १९ को मृत्यु भएको छ।

अहिलेसम्म भाइरस संक्रमण ७० मुलुकमा फैलिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएकाे छ।

चीनमा मंगलबार ३८ जनाको ज्यान गएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। योसहित चीनमा मृत्यु हुनेको संख्या २९८१ पुगेको छ। मंगलबार हुवेईमा ३७ जनाकाे मृत्यु भएकाे छ।

स्वास्थ्य आयोगका अनुसार चीनमा मात्र ८० हजार दुई सय ७० मानिसलाई संक्रमण भएको छ। ४९ हजार ८ सय ५६ जना भने उपचारपछि घर फर्किएका छन्।

कहाँ कतिको मृत्यु 

चीन : २९८१
इटाली : ७९
इरान : ७७
दक्षिण कोरिया : ३२
जापान : १२
संयुक्त राज्य अमेरिका : ९
फ्रान्स : ४
हङकङ : २
ताइवान : १
अस्ट्रेलिया : १
थाइल्यान्ड : १
फिलिपिन्स : १

प्रकाशित: Mar 04, 2020| 04:49 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।