मंगलबार, असार ३०, २०८३

नेपालको सानदार जित, थाइल्यान्ड ९ विकेटले पराजित

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो जित दर्ता गरेको छ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं– एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो जित दर्ता गरेको छ।

बुधबार भएको पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध ९ विकेटको सानदार जित हासिल गरेको हो।

नेपालले थाइल्यान्डले दिएको ६७ रनको लक्ष्य ५.३ ओभरमा पूरा गर्यो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ३६ रन बनाए। १८ बलको सामना गरेका उनले आफ्नो पारीमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै, पवन सर्राफले १० बलमा २७ रन ठोके।

त्यसअघि ओपनिङ गर्न आएका पारस खड्का ९ रन जोडे। उनलाई थाइल्यान्डका नोपफोन सेनामोन्ट्रीले आउट गरे।

त्यसअघि टस जितेर ब्याटिङ गर्न आएको थाइल्यान्डले निर्धारित ओभरमा ६६ रनमा अलआउट भएको थियो।

थाइल्यान्डका लागि फिरियाङपुङ सुआनचुवाय १३ रनमा अविजित रहे। यस्तै, हेन्नो जोर्डनले १३ रनको योगदान दिए। २९ बलको सामना गरेका उनले थाइल्यान्डका लागि एक मात्रै छक्का प्रहार गरे। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका करन केसीले सर्वाधिक ३ विकेट लिए। उनले थाइल्यान्डका रोबेर्ट रैना, वान्चना युसुक र नाभिद पठानलाई आउट गरे। यस्तै, अविनास बोहराले २ विकेट लिँदा भुवन कार्की र सन्दीप लामिछाने समान १ विकेट चट्काए। थाइल्यान्डका ३ खेलाडी भने रनआउट भए।

जितसँगै नेपालले अंकतालिकामा २ अंक जोडेको छ। थाइल्यान्डले भने प्रतियोगितामा अंक जोड्न सकेको छैन।

जारी प्रतियोगितामा नेपालले समूह चरणको आफ्नो अन्तिम खेल सिंगापुरसँग खेल्नेछ।

प्रकाशित: Mar 04, 2020| 04:43 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।